एजेन्सी । रुसको पूर्वी प्रायद्वीप कामचटकामा विश्वको छैटौं ठूलो भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीसी) का अनुसार, भूकम्पको तीव्रता ८.८ म्याग्निच्युड थियो । नेपाली समयानुसार बुधबार बिहान ५ बजेतिर भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु जमिनबाट १९.३ किलोमिटर गहिराइमा रहेको यूएसजीसीले जनाएको छ ।
यसअघि बिहान शुरूमा ८.० र त्यसपछि ८.७ म्याग्निच्युडको भूकम्प भनिएको थियो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार सन् १९६० मा चिलीमा ९.५ म्याग्निच्युडको सबैभन्दा ठूलो भूकम्प गएको थियो । १९६४ मा संयुक्त राज्य अमेरिकाको अलास्कामा ९.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यसैगरी, सन् २००४ मा इन्डोनेसियाको सुमात्रामा ९.१ म्याग्निच्युडको भूकम्प गएको थियो । जापानको तोहोकुमा २०११ मा पनि ९.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यस्तै, रुसकै कामचटकामा १९५२ मा ९.० म्याग्निच्युडको भूकम्प गएको थियो । चिलीको बायोबियोमा २०१० मा ८.८ म्याग्निच्युडको भूकम्प गउको थियो भने सोही वर्ष इक्वेटरमा पनि ८.८ भूकम्प गएको थियो । १९५० मा भारतको अरुणाचलमा ८.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
रोयटर्सका अनुसार भूकम्पपछि कामचटकामा ४ मिटर अग्लो सुनामी आएको छ र धेरै भवनहरूमा क्षति पुगेको छ । कामचटकाको गभर्नर भ्लादिमिर सोलोडोभले एक भिडियो पोस्ट गर्दै आजको भूकम्प दशकौंमा सबैभन्दा शक्तिशाली भएको बताएका छन् ।
यसैगरी, जापानको एनएचके टेलिभिजनका अनुसार, देशको पूर्वी तट नजिकै एक फिट अग्लो सुनामीका पहिलो छालहरू पुगेका छन् । सुनामीपछि जापानले २० लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारेको छ । यसबाहेक, जापानको फुकुशिमा आणविक रिएक्टर खाली गरिएको छ।
जापानको विपद् व्यवस्थापन एजेन्सीका अनुसार, देशका २१ विभिन्न प्रान्तका स्थानीय अधिकारीहरूले मानिसहरूलाई घर खाली गर्न र सुरक्षित स्थानहरूमा सर्न आदेश दिएका छन् । सबैभन्दा बढी प्रभावित मानिसहरू होक्काइडो, कानागावा र वाकायामा जस्ता क्षेत्रहरूमा छन् । होक्काइडो जापानको सबैभन्दा उत्तरी टापु हो ।
जापान मौसम विज्ञान एजेन्सीले अहिलेसम्म आएका सुनामी छालहरूको उचाइ ३० देखि ५० सेन्टिमिटरको बीचमा रहेको बताएको छ। तिनीहरू टोकियो नजिकका क्षेत्रहरूमा पुगेका छन् । पहिले छालहरू तीन मिटरसम्म अग्लो हुन सक्ने अनुमान गरिएको थियो, तर हाल त्यस्तो भएको छैन ।
यद्यपि, विज्ञहरू भन्छन् कि परिस्थिति परिवर्तन हुन सक्छ र नयाँ छालहरू आउन सक्छन्। यो प्रकोपले हवाई यातायात र समुद्री सेवाहरूलाई पनि असर गरेको छ।
टोकियोको उत्तरमा अवस्थित सेन्डाई अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ। यसबाहेक, होक्काइडो, आओमोरी र टोकियो खाडीबाट चल्ने फेरी सेवाहरू पनि बन्द गरिएको छ। २०११ मा जापानमा आएको विनाशकारी ९.० म्याग्निच्युडको भूकम्प र सुनामीपछि फुकुशिमा दाइची प्लान्टमा ठूलो आणविक दुर्घटना भएको थियो।
रुसको भूकम्पपछि पेरु, इक्वेडर र चीनमा समेत सुनामीको चेतावनी जारी गरिएको छ। एएफपीको रिपोर्ट अनुसार पेरु र इक्वेडरको गालापागोस टापुहरूमा चेतावनी जारी गरिएको हो ।
सावधानीका रूपमा केही क्षेत्रहरूबाट मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। यद्यपि यी क्षेत्रहरू रूसको कामचट्का प्रायद्वीपमा भूकम्पको केन्द्रबिन्दुबाट लगभग १३ हजार किलोमिटर टाढा छन्, तर सम्भावित खतरालाई ध्यानमा राख्दै अझै पनि सावधानी अपनाइएको छ।
यसबाहेक, पूर्वी चीनका केही तटीय क्षेत्रहरूमा सुनामी छालहरू पुग्ने सम्भावना छ।
जापानका प्रधानमन्त्री शिगेरु इशिबाले स्थितिको मूल्याङ्कन भैरहेको बताएका छन् । अहिलेसम्म कुनै क्षतिको पुष्टि नभएको उनको भनाइ छ । प्रधानमन्त्री इशिबाले नागरिकहरूलाई तटबाट टाढा रहन र उच्च क्षेत्रहरूमा जान अपील गरेका छन् ।
१५ श्रावण २०८२, बुधबार १२:५० प्रकाशित