नयाँ पार्टी खोलेर चुनौती दिने ट्रम्पलाई एलन मस्कको चेतावनी
  • काँचुली खबर

एजेन्सी । अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन् । उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन् ।

“बृहत खर्च विधेयक” पारित गरिएको भोलि “अमेरिका पार्टी” नामक नयाँ दल खोल्ने उनले बताएका हुन् । “सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने ? यस्ता सांसदहरूलाई लाज हुनुपर्छ। यदि यो पृथ्वीमा मैले गर्ने अन्तिम काम पनि हो भने, म नयाँ पार्टी खोलेर उनीहरूलाई अर्को निर्वाचनमा हराउन लाग्नेछु” मस्कले एक्समा भनेका छन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

मस्कको यो प्रतिक्रिया सिनेटमा राष्ट्रपति ट्रम्पद्वारा प्रवर्तित विवादास्पद आर्थिक विधेयकमाथिको अन्तिम मतदानको पूर्वसन्ध्यामा आएको हो । त्यसपछि मस्कले थपे, “यदि यो विधेयक पारित भयो भने, नयाँ पार्टी भोलिपल्टै सुरु हुनेछ । हामीलाई अब डेमोक्र्याट वा रिपब्लिकन होइन, नयाँ विकल्प चाहिन्छ जसले जनताको आवाज सुन्न सकोस् ।”

ट्रम्पले पनि मस्कको चुनौतीलाई सहर्ष लिएका छन् । उनले आफ्नो प्लेटफर्म ट्रुथ सोसियलमा भनेका छन्, “इतिहासमा कुनै पनि मानिसले एलनभन्दा बढी सरकारी अनुदान पाएको छैन । यदि अनुदान हटाइयो भने, ऊ दक्षिण अफ्रिका फर्किन बाध्य हुनेछ । देशको पैसा बचाउन सायद हामीले यो विषय हेर्न लगाउनुपर्छ ।”

मस्कले गत निर्वाचनमा ट्रम्प र रिपब्लिकन उम्मेदवारहरूलाई समर्थन गर्न झण्डै २७५ मिलियन डलर खर्च गरेका थिए । राजनीतिक विश्लेषकहरूका अनुसार मस्कको चेतावनी राजनीतिक रणनीतिमात्र नभई अमेरिकी राजनीतिमा नयाँ शक्ति केन्द्र बन्ने सम्भावनाको संकेत पनि हुन सक्छ । यद्यपि, मस्कले प्रस्तावित अमेरिका पार्टीको औपचारिक ढाँचा, नेतृत्व वा नीति एजेन्डा अहिलेसम्म खुलाएका छैनन् ।

  • १७ असार २०८२, मंगलवार १६:३९ प्रकाशित
  • Nabintech