लालू यादवले जेठा छोरालाई पार्टी र परिवारबाटै निकालिदिए
  • काँचुली खबर

११ जेठ, काठमाडौँ । बिहारका पूर्वमुख्यमन्त्री एवं राष्ट्रिय जनता दल (राजद) नेता लालूप्रसाद यादवले जेठा छोरा तेजप्रताप यादवलाई पार्टीबाट ६ वर्षका लागि निष्कासित गरेका छन् । लालू यादवले सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएका हुन् ।

उनले अबदेखि पार्टी र परिवारमा तेजप्रताप कुनै भूमिकामा नरहने बताएका छन् । “निजी जीवनमा नैतिक मूल्यलाई अवहेला गर्दा सामाजिक न्यायका लागि हाम्रो सामूहिक संघर्षलाई कमजोर तुल्याउँछ । ज्येष्ठ पुत्रको गतिविधि, लोक आचरण र गैरजिम्मेवारपूर्ण व्यवहार हाम्रो पारिवारिक मूल्य र संस्कारअनुसार छैन”, लालूले भनेका छन् । पार्टीबाट मात्र नभई परिवारबाटै अलग गरेको उल्लेख गर्दै उनले अगाडि लेखेका छन्, “उपरोक्त परिस्थितिका कारण उसलाई पार्टी र परिवारबाट अलग गर्छु । अबदेखि पार्टी र परिवारमा उसको कुनै भूमिका रहने छैन । उसलाई पार्टीबाट ६ वर्षका लागि निष्कासित गरिन्छ ।”

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

निजी जीवनमा के सही र के बेठिक हो भन्ने कुरा ठम्याउन तेजप्रताप स्वयं सक्षम रहेको पनि लालूको भनाइ छ । यसअघि सामाजिक सञ्जालमा तेजप्रतापको पोस्टलाई लिएर विपक्षी दलहरूले राजदमाथि चर्को आलोचना गरेका थिए ।

तेजप्रतापले भने आफ्नो फेसबुक एकाउन्ट ह्याक भएको दाबी गर्दै आएका छन् । उनको फेसबुक टाइमलाइनमा अनुष्का यादव नाम गरेकी महिलासँग लामो समयदेखि सम्बन्धमा रहेको दाबीसहित पोस्ट गरिएको गियो । अहिले भने उक्त पोस्ट डिलिट भइसकेको छ । बिहारका पूर्वमन्त्रीसमेत रहेका ३७ वर्षीय तेजप्रतापले सन् २०१८ मा बिहारका पूर्वमुख्यमन्त्री दरोगा रायकी नातिनी ऐश्वर्या रायसँग विवाह गरेका थिए । तर श्रीमान् र घरपरिवारबाट राम्रो व्यवहार नभएको भन्दै ऐश्वर्याले घर छाडेकी थिइन् ।

लालूका अर्का छोरा तेजस्वी भने राजदका अध्यक्ष हुन् । उनी बिहारका पूर्वउपमुख्यमन्त्री र अहिले बिहार विधानसभामा प्रतिपक्ष नेता हुन् ।

  • १२ जेष्ठ २०८२, आईतवार १८:३२ प्रकाशित
  • Nabintech