प्रचण्डले बचन दिएको चार दिनपछि रिंकु मृत्यु प्रकरणका आरोपी पक्राउ
  • काँचुली खबर

२१ फागुन, काठमाण्डौं । सिराहाकी दलित किशोरी रिंकु सदा मुत्य प्रकरणका मुख्य आरोपी पक्राउ परेका छन् । जबर्जस्ती करणीपछि किशोरी मारिएको यस घटनामा संलग्न रहेको भनिएका रुपेश मण्डललाई प्रहरीले आज नियन्त्रणमा लिएको हो ।

सिराहको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकु माघ ३० गते आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय सिराहका एसपी रमेश पण्डितले भने, ‘आज बिहान समात्यौँ, अहिले जिल्लामा ल्याउँदैछौँ ।’

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनका अनुसार घटनामा संलग्न थप तीन जनाको खोजी कार्य भइरहेको छ ।

माघ २६ गते राति करिब नौ बजेतिर शौचालय निस्केकी रिंकु भोलिपल्ट बिहान चार बजे रगताम्य अवस्थामा भेटिएकी थिइन् । त्यसको तीन दिनपछि माघ ३० गते साँझ उनी आफ्नै घरमा मृत भेटिएकी थिइन् ।

घटनालाई सामसुम पार्न केही व्यक्तिले पञ्चायत बसाएका थिए । तर, पीडित परिवारले इलाका प्रहरी कार्यालय, लहानमा जाहेरी दिएपछि यो घटना बाहिर आएको हो ।

पञ्चायत बस्ने व्यक्तिलाई समेत नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । जसमध्ये केही भागेर भारत भागेको बुझिएको छ ।

घटनाको अनुसन्धान गर्न मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रहरी वरिष्ठ उपरिक्षक शान्तिराज कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति समेत बनाएको थियो ।

पूर्व प्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चार दिनअघि घरमै पुगेर पीडित परिवारसँग भेटेका थिए । त्यसक्रममा उनले पीडकलाई सजाय र पीडितलाई न्याय दिलाउन आफूले सक्दो प्रयास गर्ने बताएका थिए ।

  • २१ फाल्गुन २०८१, बुधबार १४:५९ प्रकाशित
  • Nabintech