सर्वोच्चको फैसलाले जोगियो राहुल गान्धीको सांसद पद
  • काँचुली खबर

१९ साउन, काठमाडौं । भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीको सांसद पद सर्वोच्च अदालतले फुकुवा गरेको छ ।

शुक्रबार भारतको सर्वोच्च अदालतले मोदी सरनेम मुद्दामा गान्धीलाई सजायमा रोक लगाएपछि उनको सांसद पद जोगिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सर्वोच्चका न्यायाधीशत्रय बीआर गवई, पीएस नरसिम्हा तथा संजय कुमारको संयुक्त इजलासले राहुल गान्धीलाई सजाय गर्नु नपर्ने आदेश दिएको हो ।

न्यायाधीशहरूको संयुक्त बेन्चले भनेको छ, ‘यसमा कुनै शंका छैन की राहुल गान्धीको लवज राम्रो थिएन र सार्वजनिक जीवनमा कुनै पनि व्‍यक्तिलाई सार्वजनिक रूपमा केही बोल्नु अगाडि सचेत हुनुपर्छ भन्‍ने हेक्का हुनुपर्छ।’

समाचार एजेन्सी पीटीईका अनुसार बेन्चले भनेको छ, ‘ट्रायल कोर्टले अधिकतम सजाय दिने दिने कुनै कारण बताएको छैन। यो मुद्दामा अन्तिम फैसाला सुनाउनुअघि सजायको फैसलामाथि रोक लगाउनु जरूरी छ ।’

सन् २०१९मा ‘मोदी सरनेम’को बयानलाई लिएर सूरतको तल्लो तहको अदालतले गान्धीलाई २ वर्षको सजाय सुनाएको थियो । उक्त फैसलाको २४ घण्टापछि लोकसभाले उनको सदस्यता खारेज गरिदिएको थियो ।

  • १९ श्रावण २०८०, शुक्रबार १६:२८ प्रकाशित
  • Nabintech