नेकपा माओवादी केन्द्र कोहलपुरको स्कुलीङ कार्यक्रम समापन भएको छ । शनिबार एक अनौपचारीक कार्यक्रम गरी नेकपा माओवादी केन्द्र कोहलपुर नगरपालिका स्तरीय एक हप्ते स्कुलीङ्ग कार्यक्रम समापन गरिएको हो । गत आइतबार देखि सुरु भएको सो स्कुलिङ्ग कार्यक्रम नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कालि बहादुर मल्लको प्रमुख आतिथ्यतामा समापन गरीएको हो ।
समापन कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कालि बहादुर मल्लले माक्र्सबादी दर्शन र बैज्ञानिक समाजवाद अहिलेको अति आवश्यक रहेको बताए । यसको बारेमा पछिल्लो समयमा कार्यकर्ताहरुलाई सोच, विचार र सिद्धान्तहरु मा परिपक्क बनाउन र पार्टीका कामहरु मजबुद गराउनका लागि स्कुलिङ्ग गर्न अति आवश्यक रहेको उल्लेख गरे ।
यस्तै नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य नरेन्द्र न्यौपानेले एक हप्ते स्कुलिङ्गबाट सिद्धान्तनिष्ट कार्यकर्ता उत्पादनमा नयाँ उर्जा थपिएको बताए ।
यस्तै माओवादी केन्द्र कोहलपुर नगर सचिव बल बहादुर खड्का अविरलले माक्सबादी दर्शन, बैज्ञानिक समाजवाद, राजनितिक अर्थशास्त्र, आत्मानिर्भर अर्थतन्त्र, संगठनात्मक सिद्धान्त, सहकारी लगायत अन्य विभिन्न विषयबस्तु बारेमा प्रशिक्षण कार्यक्रम गरिएको बताए । उनका अनुसार नेकपा माओवादी केन्द्रका कार्यकताहरुलाई १८ जनाभन्दा बढि प्रशिक्षकहरुले प्रशिक्षण दिएका छन ।
जसमा प्रशिक्षक दिनेहरुमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कालि बहादुर मल्ल, प्रदेश कमिटि सदस्य नरेन्द्र न्यौपाने, नगर कमिटि सदस्य तुराज विष्ट, जिल्ला कार्यालय सदस्य रेनुका खड्का, जिल्ला सचिवालय सदस्य दान बहादुर वली र बद्रि प्रसाद जैसी रहेका छन् ।
त्यसैगरी नगर कमिटि सदस्य अर्जुन कुमार पौडेल, तप्त राज आचार्य, हरी चालिसे, बागेश्वरी बहुमुखी क्याम्पसका प्राध्यापक जय कृष्ण न्यौपाने, ललित प्रकाश चन्द, कृष्ण प्रसाद अधिकारी, मेहन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक विष्णु केसी, शिक्षक महासंघका नगर अध्यक्ष रामप्रसाद चापागाई, शिक्षकका नेता बद्रि प्रसाद ढकाल, प्रेस संगठनका केन्द्रिय सदस्य प्रदिप वाग्ले लगायतले समेत सौद्धान्तीक प्रशिक्षण दिएका थिए ।
स्कुलिङमा कोहलपुर नगर क्षेत्रका ८० बढि वडा स्तरीय कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
१७ श्रावण २०७८, आईतवार ११:५० प्रकाशित