एमाले अध्यक्ष ओलीद्वारा २०७५ जेठ २ अघिको स्थायी कमिटी बैठक बोलाउने तयारी
  • काँचुली खबर

k|daf6 lghfdtL lbj;df ;Daf]wg kGw|f}F lghfdtL ;]jf lbj;sf cj;/df d"n ;df/f]x ;ldltn] z'qmaf/ l;+xb/af/df cfof]hgf u/]sf] sfo{qmdnfO{ ;Daf]wg ub}{ k|wfgdGqL s]kL zdf{ cf]nL . t:jL/ M k|bLk/fh jGt, /f;;

प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउने तयारी गरेका छन् । एमालेको २०७५ जेठ २ गतेसम्म कायम रहेको कमिटीको बैठक बोलाउने तयारी भएको हो ।

जेठ ३ गते नेकपा (माओवादी केन्द्र) र नेकपा(एमाले) एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । बैठक बोलाउने तयारी भएको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए । “आह्वान नै त भइसकेको छैन तर, बोलाउने तयारी भइरकेको छ,” नेम्वाङले भने ।

ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल–झलनाथ खनाललाई समेत बैठकमा समावेश गर्ने तयारी गरेका हुन् । त्यसका लागि ओलीले यसअघि आह्वान गरेको ६ बुँदे प्रस्तावअनुसार बैठक बोलाउने तयारी गरेको ओली निकट नेताहरुको भनाइ छ । तर, त्यसका लागि नेपाल–खनाल सहभागिताको सुनिश्चितताको खोजी भइरहेको छ ।

नेपाल–खनाल समूहले भने कारबाही जारी नै भएको अवस्थामा एकता सम्भव नभएको भन्दै बैठकमा सहभागी हुने बारेमा केही बताएको छैन । ओलीले नेपाल–खनालसहित ११ जनालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेका थिए । ६ बुँदे प्रस्तावमार्फत् ओलीले गरेको आह्वानलाई पनि नेपाल समूहले ६ बुँदे शर्तसहित अस्वीकार गरेको थियो ।

नेपालले नयाँ पार्टीको तयारी गरेपनि उनको समूहका दोस्रो तहका नेताहरुले भने एमाले छाड्न नहुने मत राखिरहेका छन् ।

  • ३१ जेष्ठ २०७८, सोमबार ११:३८ प्रकाशित
  • Nabintech