गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।
गत वैशाख २९ गते गुरुङ मुख्यमन्त्रीमा प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा नियुक्त भएका थिए ।
३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री गुरुङले प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।
२५ जेष्ठ २०७८, मंगलवार १४:५२ प्रकाशित