कांग्रेस र माओवादीलाई २ नम्बर प्रदेश सरकारमा ल्याउने उपेन्द्रको तयारी
  • काँचुली खबर

?????????????????????????????????????????????????????????

जनता समाजवादी पार्टी(जसपा)को अध्यक्ष महन्थ ठाकुर समूह केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि अध्यक्ष उपेन्द्र यादव भने जनकपुर पुगेका छन् । शुक्रबार ८ मन्त्री र २ राज्यमन्त्रीसहित ठाकुर समूह सरकारमा सहभागी भएपछि यादव भने प्रदेश नम्बर २ सरकार परिवर्तन गर्ने तयारीस्वरुप जनकपुर पुगेका हुन् ।

तत्कालीन राजपा र संघीय समाजवादी फोरमले प्रदेश २ मा सरकार बनाएको थियो । पछि पार्टी एकीकरणपश्चात जसपा बन्यो । पछिल्लो समय पुनः पार्टी दुई समूहमा विभाजित भएको छ ।

केन्द्रमा बनेको गठबन्धन अनुसार ठाकुर निकटका मन्त्रीलाई हटाएर प्रदेश सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा ल्याउने तयारीमा यादव पक्ष छन् । जसपा विभाजन भएपछि धरापमा पर्ने प्रदेश २ सरकारले कांग्रेस र माओवादीलाई सरकारमा सहभागी हुन आग्रह गरेको छ । शुक्रबार मात्रै यादवले कांग्रेस उपसभापनि विमलेन्द्र निधिसँग भेट गरेका थिए ।

सो भेटमा निधिले मुख्यमन्त्री दिएपछि मात्र सरकारमा सहभागी हुने बताएका थिए । यादव पक्षले माओवादी केन्द्रलाई पनि प्रदेश सरकारमा ल्याउन छलफल चलाएको छ ।

प्रदेश नम्बर २ मा पूर्वसमाजवादी पार्टीका ३, पूर्व राजपाका २५, एमालेका २१, कांग्रेसका १९, माओवादी केन्द्रका ८, नेपाल संघीय समाजवादी पार्टीका १ प्रदेशसभा सांसद् छन् ।

  • २२ जेष्ठ २०७८, शनिबार १२:३३ प्रकाशित
  • Nabintech