बाल विबाह रोक्नका लागि धर्मगुरुहरुले गरे प्रतिबद्धता
  • काँचुली खबर

बर्दियाको बढैयाताल गाउँपालिकाका धर्मगुरुहरुले बाल विवाह रोक्नको लागि प्रतिबद्धता जनाएका छन् । बढैयाताल गाउपालिका स्तरीय वाल संरक्षण समितीको आयोजना तथा प्लान ईन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) को सहयोगमा बढैयाताल गाउँपालिकामा सप्पन्न भएको बालविवाह न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा धर्मगुरुहरुले उक्त प्रतिबद्धता जनाएका हुन । धर्मगुरुहरुलाई बालविवाह न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्नुको उद्धे्श्य बारे बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युवा शसक्तिकरण परियोजना कार्यक्रमका परियोजना संयोजक शेषकान्त शर्माले जानकारी दिए ।

धर्मगुरुहरुलाई बालविवाह न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा पालिका स्तरीय बाल संरक्षण समितिका संयोजक तथा बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपा कुमारी गौतमले स्थानिय तहहरुमा बालसंरक्षण नीति कार्यान्वय गराउन साथै बालबालिकाको हक अधिकार संरक्षण र बालविवाह विरुद्ध अभियान सन्चालन गर्न पालिकाले सम्पूर्ण सामाजिक संस्था, प्रहरी, विद्यालय र सबै निकायसंग समन्वय र सहकार्य गरि योजना अनुसार कार्य अघि बढ्ने प्रतिबद्धता समेत जनाइन् ।
हाल बढैयाताल गाउँपालिकामा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युवा शसक्तिकरण परियोजना कार्यक्रम संचालन भइरहेको छ । सो परियोजनाले स्थानीय तहमा बाल संरक्षण नीति बनाउन र कार्यान्वयमा जोड दिने स्याक नेपालका सहजकर्ता जनक चौधरीले बताए ।

  • २७ मंसिर २०७५, बिहीबार २१:१५ प्रकाशित
  • Nabintech