फातिमा फाउण्डेशन नेपालको आयोजना र सूचना र मानव अधिकार अनुसन्धान केन्द्र (आईएचआरसी) को सहआयोजना र जिल्ला अदालत नेपाल वार एसोसियसन र उच्च अदालत बार एसोसियसन, र विभिन्न मानवअधिकार संस्थाको सहकार्यमा दशौं मानव अधिकार राष्ट्रिय महाभेला नेपालगन्जमा सम्पन्न भएको छ ।
नेपालगन्ज उच्च अदालत तुलसीपुरका माननीय न्यायाधिश प्रेमराज कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको राष्ट्रिय महाभेलामा मानव अधिकारको प्रत्याभुतकोलागि अधिकार मात्र नभई कर्तब्यबोध हुनुपर्नेमा दिईएको थियो । प्रमुख अतिथि कार्कीले हरेक नागरिकले कानुनी शासनमा रहेर मानवअधिकारको संरक्षण गर्नु पर्नेमा जोड दिए ।
अधिवक्ता बशन्त गौतमले दिगो विकास र मानव अधिकार बारे अवधारणा पत्र प्रस्तुत गरेका थिए । सो भेलामा राष्ट्रिय मानव अधिकार आयोगका टंक खनाल, नेपाल बारका केन्द्रिय उपाध्यक्ष सालिकराम सापकोटा, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विक र नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिह थारुले मन्तब्य राखेका थिए ।
सोही अवशरमा नेपाली नागरिकतामा आफ्नो आमा र श्रीमतीको नाम लेखाई समानताको लागि पैरवी गरेको भन्दै सूचना र मानव अधिकार अनुसन्धान केन्द्र (आईएचआरसी) का अध्यक्ष अधिवक्ता विश्वजित तिवारीलाई प्रमुख अतिथिबाट दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
अधिकारको नेपालगन्जमा हुने प्रदेश स्तरीय दशौं मानव अधिकार राष्ट्रिय महाभेला २०७५ लाई भब्यताका साथ सफल पार्न बाँकेकालागि फातिमा फाउण्डेशन नेपालको संयोजकत्वमा मुल समित समेत गठन गरि उपसंयोजकमा जिल्ला अदालत नेपाल वार एसोसियसन र उच्च अदालत बार एसोसियसन र सूचना र मानव अधिकार अनुसन्धान केन्द्र (आईएचआरसी) रहेका थिए ।
त्यसै गरि सहकार्य गर्ने संस्थाहरुमा ईन्सेक, सिविन, हिमराईट्स, नेपाल युवा परिषद, प्रदेश नं. ५, मानव र वातावरण,फियान नेपाल, द्धन्द्ध पीडित तथा एकल महिला सन्जाल, न्यायको लागि द्धन्द्ध पीडित समाज र नेपाल पत्रकार महासंघ लगायत सामाजिक संघसंस्था रहेका छन् ।
दशौं मानव अधिकार राष्ट्रिय महाभेला २०७५ लाई भब्यताका साथ सफल बनाउन बाँके , बर्दिया र दाङ जिल्लाबाट करिव १०० बढी मानवअधिकारकर्मीको सहभागिता रहेको फातिमा फाउण्डेशन नेपालका मैमुुना सिद्धिकीले जानकारी दिइन् । सो महाभेलाको पूर्व संविधान सभा सदस्य तथा फातिमा फाउण्डेशन नेपालका अध्यक्ष महोम्मदी सिद्धिकीको सभापतित्वमा सम्पन्न भएको थियो ।
२७ मंसिर २०७५, बिहीबार १८:०८ प्रकाशित