फातिमा फाउण्डेशन नेपालको आयोजना, सूचना र मानव अधिकार अनुसन्धान केन्द्र (आईएचआरसी) को सहआयोजना, जिल्ला अदालत नेपाल वार एसोसियसन र उच्च अदालत बार एसोसियसन तथा विभिन्न मानवअधिकार संस्थाको सहकार्यमा दशौं मानव अधिकार राष्ट्रिय महाभेला नेपालगन्जमा बुधबार सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुुख अतिथि नेपालगन्ज उच्च अदालत तुलसीपुरका माननीय न्यायाधिश प्रेमराज कार्कीले मानव अधिकारको प्रत्याभुतको लागि अधिकार मात्र नभई कर्तव्यबोध हुनु पर्नेमा जोड दिए । उनले हरेक नागरिकले कानुनी शासनमा रहेर मानवअधिकारको संरक्षण गर्नु पर्ने बताए । सोही अवशरमा अधिवक्ता वसन्त गौतमले दिगो विकास र मानव अधिकारबारे अवधारणा पत्र प्रस्तुत गरेका थिए । सो भेलामा राष्ट्रिय मानव अधिकार आयोगका टंक खनाल, नेपाल बारका केन्द्रिय उपाध्यक्ष सालिकराम सापकोटा, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विक र नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष ठाकुरसिह थारु लगाएतले आआफ्ना विचार राख्दै शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली नागरिकतामा आफनो आमा र श्रीमतीको नाम लेखाई समानताको लागि पैरवी गरेको भन्दै सूचना र मानव अधिकार अनुसन्धान केन्द्र (आईएचआरसी) का अध्यक्ष अधिवक्ता विश्वजित तिवारीलाई प्रमुख अतिथिबाट दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
बुधबार सप्पन्न प्रदेश स्तरीय दशौं मानव अधिकार राष्ट्रिय महाभेलामा ईन्सेक, सिविन, हिमराईट्स नेपाल, युवा परिषद प्रदेश नं.५, मानव र वातावरण, फियान नेपाल, द्धन्द्ध पीडित तथा एकल महिला सन्जाल, न्यायको लागि द्धन्द्ध पीडित समाज र नेपाल पत्रकार महासंघ लगायत सामाजिक संघसंस्थाहरुले सहकार्य गरेका थिए ।
सो कार्यक्रममा बाँके, बर्दिया र दाङ जिल्लाबाट करिव १०० बढी मानवअधिकारकर्मीको सहभागिता रहेको थियो । कार्यक्रम पूर्व संविधान सभा सदस्य तथा फातिमा फाउण्डेशन नेपालका अध्यक्ष महोम्मदी सिद्धिकीको सभापतित्वमा सम्पन्न भएको थियो ।
२६ मंसिर २०७५, बुधबार २३:११ प्रकाशित