बाल संरक्षण नीति निर्माण सम्बन्धि एक दिने कार्यशाला सम्पन्न
  • काँचुली खबर

खजुरा गाउँपालिकाको आयोजना तथा प्लान ईन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगन्जको सहयोग र सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल)को सहकार्यमा खजुरा गाउँपालिकामा शिक्षा समिति पदाधिकारीहरुसंग विद्यालय स्तरीय बाल संरक्षण नीति निर्माण सम्बन्धि एक दिने कार्यशाला सम्पन्न भएको छ । खजुरा गाउँपालिकाका माध्यमिक विद्यालयका प्राधानाध्यापक र शिक्षक, विद्यालय व्यवस्थापन समितीका अध्यक्षहरुको उपस्थीति रहेको थियो । सो कार्यशालाको उद्घाटन सत्रमा खजुरा गाँउपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले स्थानिय तहहरुमा विद्यालय स्तरीय बालसंरक्षण नीति निर्माण गरि कार्यान्वय गराउन साथै बालबालिकाको हक अधिकार संरक्षण र बालविवाह विरुद्ध अभियान सन्चालन गर्न पालिकाले सबै सामाजिक सघंसंस्थासंग समन्वय र सहकार्य गरि योजना अनुसार कार्य अघि बढ्ने प्रतिबद्धता जनाए । सोही अवशरमा प्रशासकीय अधिकृत बम बहादुर केसीले आगामी दिनमा समन्वय सहकार्य गरि बढ्ने बताए । बाल संरक्षण नीति निर्माण गर्नुको उद्धे्श्य बारे बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युवा शसक्तिकरण परियोजना कार्यक्रमका परियोजना संयोजक शेषकान्त शर्माले जानकारी दिएका थिए ।
बाल संरक्षण नीति निर्माणका बारेमा सहजीकरण सामाजिक विकास मन्त्रालय प्रदेश न.५ का बालअधिकार श्रोत ब्यक्ति भिम अवस्थीले गरेका थिए । हाल खजुरा गाउँपालिकामा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युवा शसक्तिकरण परियोजना कार्यक्रम संचालन भइरहेको छ । सो परियोजनाले स्थानीय तहमा बाल संरक्षण नीति बनाउन र कार्यान्वयमा जोड दिने स्याक नेपालका नेत्रकला शाहीले जानकारी दिईन ।

  • २२ मंसिर २०७५, शनिबार ०८:०५ प्रकाशित
  • Nabintech