स्वास्थ्य सेवा शुल्कमा एकरुपता ल्याउनका लागि छलफल
  • काँचुली खबर

स्वास्थ्य कार्यालय बाकेको आयोजनामा नेपालगन्जमा स्वास्थ्य सेवा शुल्कमा एकरुपता ल्याउनका लागि सरोकारवालाहरुबीच एक छलफल कार्यक्रम गरिएको छ । विभिन्न स्वास्थ्य क्लिनिक, नीजी अस्पताल, सरकारी अस्पताल, पोलिक्लिनिक, डाईग्नोस्टिक सेन्टर, डेन्टल क्लिनिक, प्याथोलोजी आदीले बिरामी चेकजाँच गर्दा लिने स्वास्थ्य सेवा शुल्कमा एकरुपता नभएको जनगुनासो आएपछी शुल्कमा एकरुपता ल्याउनका लागि छलफल कार्यक्रम गरिएको स्वास्थ्य अधिकृत राम बहादुर चन्दले बताए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाकेका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, स्वास्थ्य कार्यालय बाकेका प्रमुख प्रेम केसी, औषधि व्यवस्था बिभाग बाकेकी प्रमुख निना श्रेष्ठ, उपभोक्ता हक हित संरक्षण मन्चका अध्यक्ष वसन्त गौतम, नेपाल औषधि व्यवसायी संघका अध्यक्ष अभय बस्नेत, उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य लगाएतले आ आफ्नो धारणा राखेका थिए ।
स्वास्थ्य सेवा शुल्कमा एकरुपता ल्याउनका लागी सोही कार्यक्रमबाट निजी अस्पताल, सरकारी अस्पताल, डाइग्नोस्टिक सेन्टर, पोलिक्लिनिक, ल्याब प्याथोलोजी, उपभोक्ता हक हित संरक्षण मन्च, डेन्टल क्लिनिक, जिल्ला प्रशासन कार्यालय, उपमहानगरपालिका, पत्रकार महासङ्घ, उद्योग बाणिज्य संघ, औषधि ब्यबस्था बिभागका प्रतिनिधिहरु सदस्य रहने गरि शुल्क निर्धधारण  समिती गठन गरिएको स्वास्थ्य अधिकृत चन्दले जानकारी दिए ।

  • १९ मंसिर २०७५, बुधबार १४:३६ प्रकाशित
  • Nabintech