सुशासन र पारदर्शिताको लागि अनुगमन तथा नियमन हुनु पर्नेमा जोड
  • काँचुली खबर

बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.२ जमुनीमा भएको स्थानीय सभाको बृहत छलफलमा सुशासन तथा पारदर्शिता हुनको लागि स्थानीय सरकार र नागरिक समाजले अनुगमन तथा नियमन गर्न जरुरी रहेको सहभागीहरुले जोड दिएका छन् ।
सो छलफलमा वडा नं. १ का वडा अध्यक्ष शेर बहादुुर थापाले स्थानीय सरकारले हरेक विषयका सूक्ष्म अनुगमन र नियमन गरि सुशासन कायम गर्न प्रयास गरिरहेको र नागरिक तहबाट पनि पैरवी र अनुगमन हुन खाँचो रहेको बताए साथै आफनो वडामा शान्ति र सुशासन कायम राख्न प्रहरी प्रशासन तथा नागरिक समाजसँग सहकार्य र समन्वय बढाइएको समेत जानकारी दिए ।
त्यसै गरि वडा नं २ का वडा अध्यक्ष काजिमान सुनारले सेवा प्रवाह छिटो छरितो गर्न स्थानीय सरकार सदैव लागिरहेको बताउँदै जनप्रतिनिधिलाई समयमा सल्लाह सुझाव दिन आग्रह गरे । उनले आफनो पदको जिम्मेवार वहन गरि सबैलाई काम गर्न आग्रह समेत गरे ।
स्थानीय सभाका सदस्य नर बहादुर सुनारले समाजमा लागुऔषध रोक्नको लागि सचेतना कार्यक्रम सन्चालन गर्नुु पर्ने बताउदै सो अभियानलाई सफल पार्नको लागि स्थानीय सभाको आवश्यक रहेको समेत बताए । स्थानीय सभाका सचिव धनसरा विकले बालविवाह बढेकोमा चिन्ता ब्यक्त गर्दै बालविवाह रोक्न विद्यालय स्तरबाट नै सचेतना कार्यक्रम सन्चालन गर्नु पर्नेमा जोड दिईन ।
त्यसै गरि सूचना र मानव अधिकार अनुुसन्धान केन्द्रका कार्यक्रम ब्यवस्थापक रविन्द्र कुमार ज्ञवालीले स्थानीय सभाको काम कर्तब्यबारे प्रष्ट पारेका थिए । संस्थाले सूचनाको हकको बारेमा काम गर्दे आईरहेको उनले जानकारी गराए साथै उनले स्थानीय तहलाई जवाफदेहिता बनाउन प्रत्येक नागरिकहरु सूचनामा पहुच हुनु पर्नेमा जोड दिए । सोही अवसरमा स्वास्थ्य चौकीका प्रमुख चेतनारायण काफलेले देश संघिय संरचनामा गएपछि औषधी खरिद गर्न ढिलाई हुदाँ स्वास्थ्य चौकीबाट पाउने सेवासुविधामा सेवाग्राहीहरुमा मर्का परेको बताए। उनले यो समस्या समाधानको लागि गाउँपालिकाले पहल गर्नु पर्नेमा जोड दिए ।
सो बैठकमा शिक्षा, स्वास्थ्य, कृषि र विपत ब्यवस्थापनको समस्या पहिचान गरि समाधानका उपाय पहिल्याउन सम्बन्धित विषयमा ३/३ सदस्यीय उप समिति समुह गठन समेत गरिएको छ । सो समहले सो क्षेत्रमा रहेका शिक्षा, स्वास्थ्य, कृषि र विपत ब्यवस्थापनको समस्याहरुको अध्ययन गर्ने र स्थानीय सभाको बैठकमा सवाल राख्ने प्रतिबद्धता समेत गरेका छन् ।
साथै सूचना र मानव अधिकार अनुसन्धान केन्द्र कार्यालयको सकृयतामा गठन भएको स्थानीय सभाका सह–संयोजक जुनु विकले सबै नागरिक समाज लागेर आफनो स्थानीय ठाउँलाई सुशासनमय बनाउनु पर्ने बताइन् । त्यसैगरि नवनिर्वाचित महिला वडा सदस्य मंगलादेवी लामा, विष्णु सुनार, संगिता रोकाय, पशु सेवाका लोकेन्द्र खड्का, स्थानीय सभा सदस्य नर बहादुर राना र ढुण्डीराज पाण्डेले सबै भन्दा शिक्षा र स्वास्थ्य क्षेत्रमामा जोड दिनु पर्ने र शिक्षाको क्षेत्रमा सुधार ल्याउनु पर्ने आवश्यक्ता रहेको बताए । सोही अबसरमा न्यायिक समितिका सदस्य गंग बहादुर खत्रीले फौजदारी वाहेकका ससाना भैझगडाहरु न्यायिक समितिले समाधान गर्ने बारे जानकारी गराए ।
यस स्थानीय सभाले सार्वजनिक निकायबाट प्राप्त सेवाहरुको प्रभावकारिताका लागि स्थानीय तहमा गर्न सकिने पैरवी र सरोकाकारवालासंग समन्वय र सहकार्य गरि कार्यमा प्रभावकारिता बनाउन पहल गर्दछ । पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सो स्थानीय सभा गठन गरिएको छ । स्थानीय तहमा प्रवाह हुने सामाजिक सेवा प्रभावकारिता, समस्या, चूनौती पहिचान गर्ने र सुधारका योजना वनाउन सघाउने उद्देश्यले स्थानीय सभा गठन गरिएको सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका जिल्ला जवाफदेहिता सोम सोम बहादुर गुरुङ्गले बताए । सो बैठकले सिकलसेल एनिमियाको बिरामीको लागि बनाइएको नीतिलायए सुधार गरि सम्पूण सरकारी अस्पतालबाट आजिवन निशुल्क औषधी उपचारको ब्यवस्थाको लागि पैरवाी सवाल छनौट गरेको छ त्यसै गरि अर्को सवाल बढैयाताल गाउँपालिकाको सुशासन नीति नबनेकोले सुशासन नीति बनाउन पैरवी गर्ने सवाल छनौट गरिएको छ ।
कृषि, स्वास्थ्य, शिक्षा र विपत्का क्षेत्रमा सरकारी सेवा प्रभावकारिता, नीतिगत व्यवस्था र त्यसको कार्यान्वयनमा देखिएका समस्या र चूनौती पहिचान गर्ने र सेवाको प्रभावकारी वनाउन सघाउने उद्देश्यले सभा गठन गरिएको हो । सभाको नियमित वैठकमा कृषि, शिक्षा, स्वास्थ्य र विपत् सम्बन्धि समस्याहरुको पहिचना गरी सो त्रैमासिक वैठकमा छलफल गर्ने र त्यहाँ समाधान नभएका सवालहरु गाउँपालिकामा गठन भएको गाउँपालिका स्तरीय साझेदारी मन्चमा छलफल गरिनेछ ।

  • १९ मंसिर २०७५, बुधबार ११:४७ प्रकाशित
  • Nabintech