बाँकेका युवाहरु एक असक्त परिवारको घर बनाउन जुटेका छन । जानकी गाँउपालिका वडा नं. २ का युवाहरु सवारी दुर्घटनामा घाईते भएका डण्डबहादुर पुनको घर निर्माणमा अग्रसर भएका हुन । जानकारी गाउँपालिका-२ भयौपुर निवासी छत्रेश्वर शर्माको नेतृत्वमा बिहानी युवा क्लबमा आवद्ध युवायुवतीहरुले मानसिक समस्याबाट ग्रस्त पुनको घर निर्माणकालागि आर्थिक संकलन अभियान समेत संचालन गर्दै आएका छन । तिहारमा देउसी भैलोबाट संकलन भएको रकममध्ये केही प्रतिशत घर निर्माणमा छुट्याईएको स्थानिय युवा छत्रेश्वर शर्माले जानकारी दिए । शर्मा बिहानी युवा क्लबका सल्लाहकार समेत हुन ।
यसैबिच शनिबार निर्माणधिन घरको शिलान्यास गरिएको छ । टिनको छाना सहितको दुई कोठे भवनको शिलान्यास गरिएको हो । यहि मंसिर २२ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यकासाथ भवन निर्माण कार्य सुरु गरिएको शर्माले जानकारी दिए । घाईते पुनका १ छोरा रहे पनि लामो समयदेखि सम्पर्क बिहिन भएकाले बिभिन्न संघसंस्थासँगको सहकार्यमा आवास निर्माण अभियान संचालन गरिएको बिहानी युवा क्लबका संयोजक केशव शर्माले जानकारी दिए ।
१६ मंसिर २०७५, आईतवार १८:३१ प्रकाशित