बालमैत्री विद्यालय बनाउन तीन दिने सकारात्मक तालीम शुरु
  • काँचुली खबर

बढैयाताल गाउपालिका स्तरीय वाल संरक्षण समितीको आयोजना तथा तथा प्लान ईन्टरनेशनल नेपाल र सामाजीक सचेतन सरोकार मंच (स्याक) को सहयोगमा बढैयाताल गाउँपालिका शिक्षा शाखाको सहकार्यमा
आइतबारदेखि तिन दिने सकारात्मक अनुशासन तालीम गाउँपालिकामा शुरु भएको छ । सो तालिममा बढैयाताल गाउँपालिका माध्यमिक विद्यालयका प्राधानाध्यापक र विद्यालय व्यवस्थापन समीतीका अध्यक्षहरु गरी १८ जनाको उपस्थीति रहेको छ ।
तिन दिने सकारात्मक तालीम संचालन गर्नुको उद्धे्श्य बारे बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युवा शसक्तिकरण परियोजना कार्यक्रमका परियोजना संयोजक शेषकान्त शर्माले जानकारी दिएका थिए । सो तालीमको उद्घाटन सत्रमा बढैयाताल गाँउपालिका वडा न.६ का अध्यक्ष तथा पालिका स्तरीय बाल संरक्षण समितिका सदस्य रामहर्ष थारूले स्थानिय तहहरुमा बालसंरक्षण नीति कार्यान्वय गराउन साथै बालबालिकाको हक अधिकार संरक्षण र बालविवाह विरुद्ध अभियान सन्चालन गर्न पालिकाले स्याक नेपाल बाके लगायत सबै निकायसंग समन्वय र सहकार्य गरि योजना अनुसार कार्य अघि बढ्ने प्रतिबद्धता गरेका थिए ।

सो तालीमको सहजीकरण बढैयाताल गाउँपालिकाको शिक्षा स्रोत व्यक्ती विमला गुरुङ्गले गरेकी छिन । सहजीकरणको क्रममा पहिलो दिन असल व्यवहार प्रोत्साहन, इरिक्सनको बाल ब्यवहार सम्वन्धि मनोसामाजीक विकासको सिद्वान्त, गार्डनरको बहुबुद्धिको सिद्वान्त, बालबालीकाका आयश्यकता, बालअधिकार तथा बालमैत्री वातावरण सम्वन्धमा, स्वास्थ वालविकासका बाधकहरू, शारीरिक तथा मनोवैज्ञानिक सजाय जस्ता विषयमा सहजीकरण भएको थियो ।
हाल बढैयाताल गाउँपालिकामा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युवा शसक्तिकरण परियोजना
कार्यक्रम संचालन भइरहेको छ । सो परियोजनाले स्थानीय तहमा बाल संरक्षण नीति बनाउन र कार्यान्वयमा जोड दिने स्याक नेपालका सहजकर्ता जनक चौधरीले बताए ।

  • ९ मंसिर २०७५, आईतवार २२:०४ प्रकाशित
  • Nabintech