झिमरुक र ऐरावतीमा ‘समुदाय प्रहरी समिती’
  • काँचुली खबर

ऐरावती र झिमरुक गाउँपालिकामा समुदाय प्रहरी साझेदारी कार्यक्रम शुरु भएको छ । गाउँपालिकाका अध्यक्ष नवील विक्रम शाहको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय प्युठानको पहलमा कार्यक्रम थालनी गरिएको हो । मंगलबार बरौलामा सचालन भएको कार्यक्रमले गाउँपालिका स्तरिय समुदाय-प्रहरी साझेदारी समिति समेत गठन गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष शाहको सयोजकमा गठित समितमा उपाध्यक्ष बुद्ध बहादुर बस्नेत र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक गोपिकृष्ण सुबेदी सहसंयोजक रहेका छन् । समितिमा २२ सदस्य छन् । समुदायस्तरमा नागरीकहरुलाई शान्ति सुरक्षा बोलियो बनाउने उद्देश्यले कार्यक्रम लागु गरिएको अध्यक्ष शाहले जानकारी गराएका छन् ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष बस्नेतले समुदाय प्रहरी कार्यक्रमले प्रहरीसँगको सामिप्यता अझै नजिक बनाउनेमा विश्वास व्यक्त गरे । समाजमा हुने हिसाहरुलाई न्यूनीकरण गर्न समेत यस्ता कार्यक्रमले सघाउ पु¥याउने उनले आशा व्यक्त गरे । चाडपर्वको समयमा सवै गाउँपालिकाबासीले ढुक्कसँग पर्व मनाउनसमेत आग्रह गरे ।
जिल्ला प्रहरी कार्यालयले जिल्लाका सवै स्थानीय तहमा समिति गठन र कार्यक्रम सचालन गर्ने अभियान संचालन गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकीका अनुसार यसै सातासम्म समिति गठन गरिएको हो ।
स्थानीय तह अनुसार समितिमा सदस्यहरु थपघट भएका छन् । तिलक बहादुर जिसीको अध्यक्षमा गठित झिमरुक गाउँपालिकामा २० सदस्य रहेका छन् । यस कार्यक्रमले झिमरुक क्षेत्रका नागरीकहरुले शान्ति सुरक्षालाई मजवुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरेका छन् ।

  • २० कार्तिक २०७५, मंगलवार १७:५३ प्रकाशित
  • Nabintech