राष्ट्रिय आरोग्य दिवस मनाईयो
  • काँचुली खबर

कोहलपुर आयुर्वेद औषधालयले राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी दिवस मनाएको छ । सोमबार भब्य कार्यक्रमको आयोजना गरी दिवस मनाईएको कोहलपुर आयुर्वेद औषधालयका प्रमुख उदिप श्रेष्ठले जानकारी दिए ।
औषधालय संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयुर्वेद चिकित्सा पद्धतीका बारेमा जानकारी प्रदान गरीएको थियो । कार्यक्रममा आयुर्वेद तथा योग गुरुहरु डा. बुद्धि प्रसाद रेग्मी, डा. मस्त मौला, नमप्रसाद शर्मा लगाएतले आयूर्वेद पद्धती र योगाको अपरिहार्यताका बारेमा भनाई राखेका थिए ।

  • २० कार्तिक २०७५, मंगलवार १५:१३ प्रकाशित
  • Nabintech