मुलुककै प्रसिद्ध सप्तरीस्थित छिन्नमस्ता देवीको मूर्तीबाट चोरी भएको मुकुट फेला परेको छ । मुकुट चोरी गर्ने व्यक्ति पनि समातिएका छन् । आइतबार साँझ छिन्नमस्ताको चाँदीको मुकुट चोरी भएको...
रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ । मौलापुर नगरपालिकाको बिहीबारको नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको छ । मौलापुरको...
सप्तरीमा घाँटी रेटेर एक बालिकाको हत्या गरिएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरहीमा ८ वर्षीया बालिकाको शव घाँटी रेटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । स्थानीय राउदगार यादवकी ९ वर्षीया छोरी शिवानी यादवको घाँटी काटिएको अवस्थामा शव फेला परेको जिल्ला...
प्रदेश २ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । मंगलबार प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले चालूतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख...
निषेधाज्ञा अवधिमा ठूलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भन्ने हल्ला निराधार रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नागरिकता...
इन्डियन प्रिमियर लिग (आईपीएल) मा अनलाइन जुवा खेलाएको आरोपमा रौतहटमा एक युवक पक्राउ परेका छन । गौर नगरपालिका– १ का २६ वर्षीय सुधीरकुमार जैसवाल पक्राउ परेका हुन् । गौरमा युनिभर्सल मोबाइल एसेसोरिज पसल सञ्चालन गर्दै आएका उनले पसलमा नै आईपीएल क्रिकेटको खेलमा...
एक महिनाअघि वेपत्ता भएका महोत्तरी पिपराका एक दम्पतीको शव गाडिएको अवस्थामा फेला परेको छ । पिपरा गाउँपालिका-५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते राति वेपत्ता भएका थिए । दुबै जनाको शव खाल्डोमा गाडिएको अवस्थामा पिपरा-२ स्थित बाटो...
पछिल्लो समय सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा मानिसहरुले यो फोटोलाई ‘नेपालमा विकासको नयाँ मोडल’ भन्दै पोस्ट गरिरहेका छन् । यो तस्वीर पर्सा जिल्लाको अन्तर्गत पर्ने वीरगञ्ज-ठोरी हुलाकी सडकखण्डको हो । सडक निर्माणको जिम्मा...
८ जना घाइते हुने गरी सिराहाको लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट गराएको आरोपमा सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लहान नगरपालिकाका-३८ वर्षका बलराम मण्डललाई सुखीपुर नगरपालिकाबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ । सशस्त्र...
सिराहाको लाहानमा रहेको मालपोत कार्यालय प्राङ्गणमा बम विस्फोट भएको छ । विस्फोटमा परी ७ जना घाइते भएका र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए । घाइते मध्ये सेवाग्राही दिनेकुमार भण्डारीको...