१७ बैशाख २०८१, सोमबार
डक्टरहरुको ब्यवहार सच्चिनुपर्ने माग सहित धानाकर्षण पत्र हस्तान्तरण
  • काँचुली खबर

नेपालजगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिभिन्न समयमा देखिने गरेका समस्याहरु समाधानको माग गर्दै कोहलपुरका युवाहरुले धानाकर्षण पत्र बुझाएका छन । बुधबार स्थानिय युवा कमल शाहीको नेतृत्वमा शिक्षण अस्पताल पुगेका युवाहरुले अस्पतालभित्र देखिदै आएका बिकृतीहरु हटाउन अस्पताल प्रशासनसँग माग गरेका हुन ।
उपचारकालागी टाढाटाढाबाट बिरामीह्रु आउने गरेको भएपनि अस्पताल प्रशासन तथा चिकित्सकहरुले गैरजिम्मेवारीपन देखाउादै आएको भन्दै समयमै कर्मचारी तथा डक्टरहरुको ब्यवहार सच्चिनुपर्ने युवाहरुको माग छ ।
‘यस क्षेत्रकै गौरवको रुपमा हेरिने शिक्षण अस्पतालमा उपचारका क्रममा आउने बिरामी तथा कुरुवाहरुलाई बिभिन्न बहानामा दुःख दिने, आफुले सिफारिस गरेको मेडिकलबाट मात्र औषधी किन्न बाध्य पार्ने जस्ता गतिविधिहरु हुँदै आएको छ’ बुधबार बुझाईएको ध्यानाकर्षण पत्रमा भनिएको छ, विरामीहरुलाई औषधी खरिदमा सिण्डिकेट लाद्ने कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ तसर्थ अस्पतालमा ब्याप्त बिकृती अन्य गर्न जोडदार माग गर्दछौं ।’
युवाहरुले समयमै अस्पताल प्रशासनले अस्पतालमा ब्याप्त बिकृती अन्त्य नगरे आफुहरु आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिएका छन ।

  • ११ आश्विन २०७५, बिहीबार १९:१२ प्रकाशित
  • Nabintech