१५ बैशाख २०८१, शनिबार
पुर्वमन्त्रीको घरमा भेटीयो २०० करोड !
  • काँचुली खबर

ब्राजिलको इतिहासमा पहिलो पटक प्रहरीले छापा मार्दा लगभग २०० करोड रकम फेला परेको छ । ब्राजिलको प्रहरीले साल्भाडोरमा रहेको एक अपार्टमन्टमा छापा मार्दा लगभग २०० करोड रुपैयाँ फेला पारेको हो ।

मिडिया रिपोर्टका अनुसार यो धनराशि ब्राजिलका पुर्व मुख्यमन्त्री गेड्डाल वियेरा लिमालको हो । उक्त रकम गर्न सातवटा मेशिनको प्रयोग गरिएको थियो । सिन्हाको रिपोर्ट अनुसार संघीय प्रहरीले पहिलो पटक यति ठुलो रकम जफत गरेको हो ।

नोटहरुको संख्या यति धेरै थियो कि कैयौ सुटकेश र बक्स भरिएको थियो । यो रकम भ्रष्टचारको मामिला अन्तर्गत जम्मा गरिएको छ । उक्त घर सात महिनादेखि नजरबन्दमा रहेका लिमासँग जोडिएको बताइएको छ ।

सन् २०१६ मा उनलाई भ्रष्टचारको मुद्धा लागेपनि उनले आफ्नो पदबाट राजिनामा दिएका थिए । उनले राष्ट्रपति माइकल टिमरको कार्यकालमा ६ महिनासम्म सचिव पद सम्हालेका थिए । रिपोर्टका अनुसार लिमाले पुर्व संस्कृति मन्त्री मारसेलो कालेरो र उनको परिवारको एक रियल स्टेट प्रोजेक्टलाई मान्यता दिने दबाब दिएका थिए ।

तर, उक्त प्राजेक्ट ऐतिहासिक धरोहर विभागको तर्फबाट प्रतिबन्धित रहेको थियो । पुर्व राष्ट्रपति डिल्मा राउसेफको कार्यकालको समयमा लिमा २०११–१३ सम्म सरकारी बैंक कैक्साको शीर्ष अधिकारी रहेका थिए ।

रियोलाई लिएर अर्को ठुलो खुलासा :

अर्को तर्फ रियो ओलम्पिकलाई लिएर एउटा ठुलो खुलासा भएको छ । ब्राजिल प्रहरीले रियो ओलम्पिक २०१६ मा धेरै ठुलो भ्रष्टाचार भएको बताएको छ । ब्राजिल पुलिस अधिकारीका अनुसार देशका ओलम्पिक प्रमुखले अन्तराष्ट्रिय ओलम्पिक समितिलाई घुस दिएको, रियो ओलम्पिकको स्वागतमा कार्यक्रम हासिल गर्ने षडयन्त्र रचिएको थियो । अन्तराष्ट्रिय भ्रष्टचारको समेत छानबिन भइरहेको प्रहरीले जानकारी दिएको छ ।

  • १० आश्विन २०७५, बुधबार २२:३४ प्रकाशित
  • Nabintech