१५ बैशाख २०८१, शनिबार
राँझा विमानस्थलमा भेटियो ३६ हजारको ब्याग !
  • काँचुली खबर

नेपालगञ्जस्थित राँझा विमानस्थलमा बेवारिसे अवस्थामा भेटिएको हाते व्याग सम्बन्धित ब्यक्तिलाई बुझाईएको छ । सिमा प्रहरी चौकी हिल्सा हुम्ला दरबन्दीका प्रहरी हवल्दार आत्मराम भण्डारी र प्रहरी चौकी ठेहे हुम्ला दरबन्दीका प्रहरी जवान सुरेन्द्रबहादुर केसीले सोमबार साँझ तिर सो कालो ब्याग बेवारिसे अवस्थामा विमानस्थल बाहिर फेला पारेका थिए ।
ब्यागमा ३६ हजार नगदसहित सुनिता अधिकारीको नागरिकता र पशुपति बहुमुखि क्याम्पस चाबहिल काठामाण्डौको स्नातक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी परिचयपत्र समेत भेटिएको थियो ।
नगद सहित सो व्याग भेटिएको समाचार स्थानिय संचारमाध्यमले प्रकाशित गरेपछि ब्यागको सम्बन्धित ब्यक्ति सम्पर्कमा आएका थिए ।
ब्याग धनिले टेलिफोन मार्फत आफ्नो ब्याग हराएको खबर विमानस्थलमा गराएपछि नेपालगन्ज निवासी मिना श्रेष्ठ र रचना श्रेष्ठमार्फत सम्बन्धित ब्यागका धनि सुनिता अधिकारीले पाउने गरी नेपालगञ्ज विमानस्थलमा नै बुझाईएको छ ।
स्थानीय समाजसेवी समेत रहेका मिना श्रेष्ठ र रचना श्रेष्ठको सो ब्यागकी धनी सुनिता अधिकारी सँग नजिकको सम्बन्ध रहेको कारण श्रेष्ठद्वय मार्फत सो ब्याग र त्यसमा भएको सबै सामान बुधबार नै अधिकारीले पाउने गरी काठमाण्डौ पठाईएको हो ।

  • १० आश्विन २०७५, बुधबार २१:१५ प्रकाशित
  • Nabintech