१७ बैशाख २०८१, सोमबार
अखिल (क्रान्तिकारी) को इकाइ सम्मेलन सम्पन्न
  • काँचुली खबर

विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) ले नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्यापसमा ५ अौ इकाइ सम्मेलन सम्पन्न गरेको छ ।

सम्मेलनले डिल्ली क्षेत्रीको अध्यक्षतामा २१ सदस्यीय क्याम्पस मुल इकाई कमिटि गठन गरेको छ । जसको उपाध्यक्षमा उपेन्द्र रावल, सचिवमा दपेन्द्र फडेरा क्षेत्री, सह-सचिव दिपेन्द्र वोहरा र कोषाध्यक्षमा अदूष्या राई रहेका छन ।
सम्मेलनमा बोल्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष मदन चन्दले नेपालको शिक्षा क्षेत्रमा ब्यापक भ्रष्टिकरण, निजिकरण, दलालिकरण, माफियाकरण हावी भएको भन्दै यसले नेपालको शिक्षा क्षेत्रलाई नै धरासाई बनाएको बताए । उनले यस्को बिरुद्ध सबै एकजुट भएर लाग्न अनुरोध समेत गरेका थिए ।
शिक्षा प्रती राज्यको निती विभेदपुर्ण रहेको तर्क गर्दै चन्दले असमान तथा अव्यावहारिक किसिमको शिक्षाको बिकल्पका रुपमा नेपालमा बैज्ञानिक समाजवादी शिक्षा लागु गर्नुपर्ने बताए । दलाल संसदिय पुजिबाद्धी ब्यावस्था द्धारा निर्देशतित शिक्षा प्रणाली आम विध्यार्थीको हितमा नभएको उनको तर्क थियो ।


विद्यार्थी नेता हरिशंकर प्याकुरेलको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनमा सम्मेलन आयोजक समितीका सदस्य उपेन्द्र रावलले स्वागत मन्तब्य राखेका थिए भने अखिल (क्रान्तिकारी) का पुर्व केन्द्रीय सदस्य तथा नेपाल कम्युनिस्ट पाटी बाँकेका जिल्ला कमिटी सदस्य र एरिया नम्वर ४ (नेपालगन्ज उपमहानगरपालिका पालिका सहित) का इन्चार्ज चक्र वि.सी., जिल्ला उपाध्यक्ष प्रकाश ओली, जिल्ला सचिव डि.बि. शाही लगायतका विध्यार्थी नेताहरु सहभागी भएका थिए ।
कार्यक्रम विद्यार्थी नेता डिल्ली क्षेत्रीले संचालन गरेका थिए ।

  • १० आश्विन २०७५, बुधबार १९:४६ प्रकाशित
  • Nabintech