१५ बैशाख २०८१, शनिबार
फत्तेपुरमा बाढी पीडितका १ सय ४ घर निर्माण
  • काँचुली खबर

हेबिट्याट नेपालको आर्थिक सहयोग तथा महिला उपकार मञ्च कोहलपुरको समन्वयमा राप्ती सोनारी-६ फत्तेपुरमा १ सय ४ घर बन्ने भएको छ । महिला उपकार मञ्चको समन्वयमा २०७२ सालका बाढी पिडीतकालागी घर निर्माणमा हेबिट्याट नेपालले आर्थिक सहयोग गरेको परियोजना प्रमुख साजन महर्जनले बताए ।

बाढी पिडीत १ सय ४ घर मध्ये ४० घर पुर्ण क्षति भएका र ६४ घर आंशिक क्षति भएका छनौट गरी घर निर्माणमा जुटेको महिला उपकार मञ्चकी परियोजना स्रोत व्यक्ति चन्द्रकला न्यौपानेले बताईन् । पुर्ण क्षति भएका घर निर्माणमा २ कोठा १ बरण्डा र १ भान्सा र शौचालय सहितको ४ लाख बराबरको घर निर्माण गरीदिने, आंशिक क्षति भएका ६४ घरमा प्राविधीक सहयोग र १ लाख बराबरको टिनको छाना र सरीया सहयोग गरीने कार्यक्रम रहेको महिला उपकार मञ्चकी अध्यक्ष बिजुला अधिकारीले बताईन् ।

राप्ती सोनारी-६ का वडा अध्यक्ष जनक बहादुर चौधरीले हेबिट्याट र महिला उपकार मञ्चले घर मात्र नभएर बाढीले र भुकम्पले समेत क्षति नपुर्याउने घर निर्माणमा सहयोग गर्ने भएपछी बाढी पिडीत र स्थानिय वासी समेत खुसी भएको बताए । हेबिट्याट को आर्थिक सहयोग र महीला उपकार मञ्चले निर्माण गर्न लागेको बाढी र भुकम्प प्रतिरोधात्मक घरकालागी स्थानिय २९ जना युवालाई डकर्मी तालिम समेत दिईएको छ ।

स्थानिय स्तरमा नै मिस्त्री उत्पादन र भुकम्प र बाढी प्रतिरोधात्मक सिप सिक्न पाउँदा डकर्मी तालिममा सहभागी प्रमोद कसेरा र विर बहादुर परियारले खुशी व्यक्त गरे । २९ जना डकर्मी तालिमका सहभागी युवा तालिम सम्पन्न पछि मंगलबारबाट ३ हजार नगद र प्रमाणपत्र सहित घर फर्केका छन् । यी नै २९ जना युवाले अबको दुई वर्ष भित्र राप्ती सोनारी-६ फत्तेपुरमा १ सय ४ घर निर्माण गर्ने हेबिट्याट नेपालका बाँके कार्यक्रम परीयोजना प्रमुख साजन महर्जनले बताए ।

नेपाल बाढी प्रकोप प्रतिकार्य कार्यक्रम अन्र्तगत राप्ती सोनारी-६ फत्तेपुरमा छटकपुर, गुलेरी, सिदनवा, खल्ला टपरी, टेपरी, मेहमानपुर र कमैयाडाँडामा गरी १ सय ४ घर सो कार्यक्रमकी स्रोत व्यक्ति चन्द्रकला न्यौपानेले बताईन् ।

  • १० आश्विन २०७५, बुधबार १५:२२ प्रकाशित
  • Nabintech