१५ बैशाख २०८१, शनिबार
अपाङ्ग परिवारलाई घर उपलब्ध गराईने
  • काँचुली खबर

राप्ती सोनारी-६ फत्तेपुर मेहमानपुरको एक परिवारलाई महिला उपकार मञ्चले घर उपलब्ध गराउने भएको छ । आर्थिक रुपमा बिपन्न ५२ वर्षिया विन्तीराम थारुको परीवारलाई बाढी प्रकोप प्रतिकार्य कार्यक्रम अन्र्तगत बरण्डा र भान्सा सहितको घर उपलब्ध गराउने तयारी भईरहेको महिला उपकार मञ्च स्रोत ब्यक्ति चन्द्रकला न्यौपानेले जानकारी दिईन ।
थारुको परिवारमा ४ जना अपाङ्ग छन् । मेहमानपुरको चोकमा सानो घुम्तीमा पसल गरी उक्त परिवारको जिवन अत्यन्तै पिडामा बितिरहेको छ ।
‘आज भन्दा १६ वर्ष अघि जन्मेको छोरा ६ वर्ष पछि खै के भयो आफै अपाङ्ग भए’ विन्तीरामले दुखेसो पोखे । ४० वर्षिया श्रीमती सुकनिया थारु, १६ वर्षको छोरा र माईली छोरी समेत जन्मजात अपाङ्ग जन्मीएपछि उनीहरुको परिवारमा दुखका दिन सुरु भएको स्थानियहरु बताउँछन । विन्तीराम थारुको तेस्रो र चोैथो सन्तानका रुपमा दुई छोरा छन् । जन्मदा सपाङ्ग भएपनी जेठो सन्तान जस्तै पछि गएर अपाङ हुने त होइनन् भन्ने पिडाले सताईरहेको विन्तीराम थारुले बताए ।
आर्थिक रुपमा निकै कमजोर रहेको थारुको परिवारमा एकपछि अर्को पारिवारीक समस्या बढ्दै गएपछि उनिहरुको जिवनस्तर झनै खस्कीएको छ ।

  • १० आश्विन २०७५, बुधबार १५:१३ प्रकाशित
  • Nabintech