१ जेष्ठ २०८१, मंगलवार
आत्मसंस्मरण लेख्दै पुर्व कप्तान क्षेत्री !
  • काँचुली खबर

नेपाली राष्ट्रिय टिमका पुर्व कप्तान लेखबहादुर क्षेत्रीले आत्मसंस्मरण निकाल्ने भएका छन् । स्थानीय क्लब हुदै नेपाली राष्ट्रिय टिमका कप्तान समेत बनेका क्रिकेटका पुर्व कप्तान क्षेत्रीले आत्मकथा निकाल्ने भएका हुन् । आत्मकथालाई क्रियटिभ बुक्सले बजारमा ल्याउने तयारी गरेको छ । क्रियटिभ बुक्सका अध्यक्ष टिएस ठकुरीले एक महिनाभित्र क्षेत्रीको आत्मकथा बजारमा आउने जानकारी दिए ।
क्रिकेट जिवनका भोगाई र अनुभवलाई समावेश गर्दै आत्मकथा बजारमा ल्याउन लागिएको क्षेत्रीले जानकारी दिए । २०५२ सालमा बाँके टिमबाट डेब्यु गरेका उनले १२ औं संस्करणको जय ट्रफी खेलेपछि राष्ट्रिय टिममा परेका थिए ।

सन् १९९६ मा नेपाली टोलीले पहिलो पटक मलेसियामा अन्तराष्ट्रिय प्रतियोगिता खेल्दा उनी उपकप्तान थिए । सन १९९८ मा नेपालमै भएको एसीसी कपमा क्षेत्रीले कप्तानको जिम्मेवारी सम्हालेका थिए । जुन नेपालले आयोजना गरेको अन्तर्राष्ट्रिय स्तरको पहिलो क्रिकेट खेल हो ।
क्षेत्री सन २००० सम्म नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानी सम्हालेका थिए । नेपालमा महिला क्रिकेट सुरुवात गरेको श्रेय समेत श्रेत्रीलाई नै जाने गरेको छ । क्यानको पूर्व सदस्य र पूर्व क्षेत्रीय अध्यक्ष रहिसकेका क्षेत्री हाल आईसीसीले नेपाली क्रिकेटको विवाद समाधानका लागि बनाएको स्वतन्त्र समूहमा नेपाल सरकारको प्रतिनिधि भई सदस्यका रुपमा कार्यरत छन् ।

  • ८ आश्विन २०७५, सोमबार १८:२८ प्रकाशित
  • Nabintech