४ जेष्ठ २०८१, शुक्रबार
यस्तो अचम्म, समुद्रका माछा राजमार्गमा छरिए !
  • काँचुली खबर

माछा मार्न मान्छेहरु नदिमा जान्छन् । दिनभर कति प्रयास गरेर माछा मारेका हुन्छन् वा आफैं व्यवसायीक खेती गरेका हुन्छन् मान्छेहरु । वर्षौंदेखि माछा मार्दै आफ्नो पहिचान नै बनाएका पनि छन् कयौं समुदायहरुले ।

तर अमेरिकामा यस्तो भएकोे छ की सडकमै माछाको प्राकृतिक बजार लागेको छ । अमेरिकाको उत्तरी क्यारोलिना राज्यमा आँधी आयो । आँधीले कयौं क्षति त अवस्य गर्‍यो तर केहि उपहार भने अवस्य दिएर गएको छ । आँधीका कारण ४४ जनाको मृत्यु भएको थियो ।

अचम्म त त्यतिवेला भयो जब सवारी गुड्ने सडकभरी माछाहरु छरिएका तस्वीरहरु सार्वजनिक भए । क्यारोलिनाको पेन्डरलिय अग्नी विभागले फेसबुकमा मरेका माछाहरु सवारी हिड्ने बाटोमा छरपस्ट भएको तस्वीर सार्वजनिक गरेकोपछि यसले निकै चर्चा कमायो ।

सामाजिक सञ्जालहरुमा बाढीले बगाएर ल्याएका माछाहरुको तस्वीर र भिडियोहरु यतिवेला भाइरल भइरहेका छन् । कतिपय स्थानमा माछा हटाउन बाटो सफा गरिएको समेत देखाइएको छ ।

  • ८ आश्विन २०७५, सोमबार १५:२० प्रकाशित
  • Nabintech