१ जेष्ठ २०८१, मंगलवार
नेविसंघद्वारा कोहलपुरमा चक्काजाम
  • काँचुली खबर

नेपाल विद्यार्थी संघले कोहलपुरमा एक घण्टा चक्का जाम गरेका छ । सरकारले यातायात क्षेत्रमा र पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्विको विरोधमा एक घण्टा चक्का जाम गरिएको हो । नेपाल विद्यार्थी संघका यूवा नेता तथा पूर्व आमन्त्रीत केन्द्रिय सदस्य कलम शाहीको नेतृत्वमा विद्यार्थीहरुले सरकार विरुद्व नाराबाजी गर्दै चक्का जम्म गरेका हुन् ।
चक्काजाम पछिको बिरोध सभामा बोल्दै नेविसंघका नेता कमल शाहीले सरकारले एकै पटक १० प्रतिशत भाडा वृद्वि गरेको प्रति आक्रोश ब्यक्त गरुेका थिए । दुई तिहाई सरकारले नेपाली जनतालाई विभिन्न बहानामा दुःख दिईरहेको बताउँदै शाहीले सरकारका विभिन्न कदमहरु नसच्चाए कडा कदम चाल्ने चेतावनी समेत दिए । साथै उनले पेट्रोलियम पदार्थको मूल्य वृद्वि सँगै यातायात क्षेत्रमापनि भाडा वृद्वि गरेको भन्दै तत्काल पहिलै भाडा दर कायम गराउन सरकारसँग माग गरेका छन् । कार्यक्रयमा नेविसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

  • ८ आश्विन २०७५, सोमबार १४:१२ प्रकाशित
  • Nabintech