१५ बैशाख २०८१, शनिबार
तीन एग्रोभेट सेन्टरमा शिलबन्दी
  • काँचुली खबर

चाडबाड नजिकिएसँगै जिल्लास्थित अनुगमन समितिले नेपालगन्ज बजार बेमौसमी अनुगमन शुरू गरेको छ । समितिले आइतबार नेपालगन्जमा गरेको अनुगमनमा खुद्रा व्यापारको कारोबार लिएर थोक व्यापार गरेको भन्दै तीनवटा एग्रोभेट सेन्टरहरूमा शिलबन्दी गरेको छ । यसरी शिलबन्दी गरिएकामा नेपालगन्ज उपमहानगरपालिका वडा नं एकमा रहेका समीक्षा एग्रोभेट सेन्टर, साईनिङ्स्टार र नेशनल एग्रोभेट सेन्टर रहेको बाणिज्य कार्यालय नेपालगन्जले जानकारी दिएको छ ।
उनीहरूमाथी थोकको कारोबार थप नगरेसम्म पसल सञ्चालनमा लगाईएको शिलबन्दी नखोलिने चेतावनी समेत समितिले दिएको छ । प्रत्येक महिना हुनुपर्ने यस्तो अनुगमन नेपालगन्जमा चाडबाडका बेला मात्र हुने गरेपछि अन्य महिना व्यवसायीले यसरी गैरमापदण्डमा रहेर मनोमानी रूपमा व्यवसाय गरिरहेका छन् । जनशक्ति लगायत स्रोत/साधनको अभाव देखाउँदै जिल्लास्थित अनुगमन समितिले नियमित रूपमा प्रभावकारी बजार अनुगमन गर्न सकेको छैन् । केही दिनअघि नेपालगन्जका केही पेट्रोल पम्पमा अनुगमन गरेको समितिले अन्य पम्प र इट्टा भट्टा तथा ग्याँसमा शुरू हुन लागेको कालोबजारीमाथी भने निगरानी गर्न चासो देखाएको छैन् ।

  • ७ आश्विन २०७५, आईतवार २१:२९ प्रकाशित
  • Nabintech