२९ बैशाख २०८१, शनिबार
कृषि जेटिए विषयमा नयाँ भर्ना खुल्यो
  • काँचुली खबर

बर्दियाको बाँसगढीमा रहेको जनप्रिय माविले प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत १८ महिने कृषि जेटिए विषयकालागि नयाँ भर्ना खुलेको जनाएको छ । बाँसगढी नगरपालिकाको पहिलो प्राविधिक शिक्षालयको रुपमा स्थापित जनप्रिय मा.वि. मा कृषि जेटिए विषयमा भर्ना खुल्ला गरिएको विद्यालयका प्रधानाध्यापक सर्भिस शर्माले जानकारी दिए ।
CTEVT बाट अनुमती लिएर प्राविधिक शिक्षा (TECS) कार्यक्रम संचालन गर्दै आएको प्रअ शर्माले बताए । शर्माका अनुसार SLC/SEE दिएका विद्यार्थीहरुले कृषि जेटिए विषयकालागि आवेदन दिन सक्नेछन । ४० जनाकालागि भर्ना खुल्ला गरिएकाले SLC/SEE मा न्यूनतम E ग्रेड प्राप्त गरेका विद्यार्थीहरुले फारम भर्न सक्ने गरि ब्यवस्था मिलाईएको प्रधानाध्यापक शर्माले जानकारी दिए ।

  • ७ आश्विन २०७५, आईतवार २१:१७ प्रकाशित
  • Nabintech