१ जेष्ठ २०८१, मंगलवार
युवा संघका नेतालाई खुकुरी प्रहार गरेको आरोपमा खान पक्राउ
  • काँचुली खबर

युवा संघ खजूराका नेता किरण क्षेत्रीमाथी खुकुरी प्रहार गरेको आरोप लागेका खजूरा ३ का आशिष खानलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा प्रयोग भएको गाडी सहित खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरुण पौडेलले जानकारी दिए । उनले अन्य फरार अभियुक्तको खोजी कार्य जारी रहेको बताए ।

क्षेत्रीमाथी भदौं २८ गते विहान खजूरा बजारमा आक्रमण भएको हो । रड र खुकुरी प्रहार गरी एक्कासी ज्यान मार्ने प्रयास भएपछि भागेर ज्यान जोगाएको क्षेत्रीले बताए । आफुमाथीको प्रहार जोगाउनेक्रममा क्षेत्रीको घुँडा र पाखुरामा चोट लागेको थियो । विहान १०:३० बजेतिर स्थानीय राजेन्द्र परियार,उत्सव सिँजाली, आशिष खान, प्रदिप गिरी र आलम मिया गरी ५ जनाको समूहले आफुमाथी एक्कासी आक्रमण गरी ज्यान लिने प्रयास गरेको भन्दै क्षेत्रीले कारवाहीको मगा सहित जाहेरी दिएका हुन् ।

  • ७ आश्विन २०७५, आईतवार १९:३९ प्रकाशित
  • Nabintech