१ जेष्ठ २०८१, मंगलवार
सुर्खेत-कोरिया सम्पर्क समितिको छैठौं अधिवेशन सम्पन्न
  • काँचुली खबर

कोरियामा रहेका सुर्खेती युवाहरुले झेल्नुपरेका समस्याहरूको न्यूनीकरण तथा समाधान सम्बन्धी बृहत छलफल सहित सुर्खेत(कोरिया सम्पर्क समिति दक्षिण कोरियाको छैठौं अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ ।
१ सय ५९ जनाको उपस्थिति रहेको अधिवेशनले तुलश गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको प्रथम उपाध्यक्षमा ललित पौडेल, द्वितीय उपाध्यक्ष भीम थापा त्यस्तै सचिबमा सर्जन रावत, सह-सचिबमा दुर्गाप्रसाद ढकाल, कोषाध्यक्षमा बिरेन्द्र बि.सी. र सह-कोषाध्यक्षमा प्रेमकुमार देवकोटा चयन भएका छन् । सदस्यहरूमा दिपेश खड्का, पुष्कर बुढाथोकी, चन्द्र प्रकाश कँडेल, कृष्ण क्षेत्री, दामोदर कँडेल र टेकराज बि।सी। रहेका छन् ।

समितिका पूर्व उपाध्यक्ष गोपाल न्यौपानेको सभापतित्वमा सम्पन्न भएको अधिवेशनले अक्षयकोष स्थापना गरी रकम संकलन सुरू गरेको छ । अक्षयकोषमा जम्मा भएको रकमले कोरियामा विविध समस्यामा परेका सुर्खेती युवाहरूलाई सहयोगको महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै समितिका अध्यक्ष गुरुङले सुर्खेती युवा सबैले सक्दो सहयोग गरिदिन अनुरोध गरेका छन् ।

त्यसैगरी समितिले आगामी सलनाल (कोरियन नयाँ वर्ष) मा सांगीतिक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ । साथै उक्त समितिका पूर्व अध्यक्ष लक्ष्मीनारायण बस्नेतले नयाँ कार्यसमितिलाई कार्यभार हस्तान्तरण गरेका छन् । आशाराम ढुङ्गानाको प्रमुख आतिथ्यता र समितिका पूर्व अध्यक्षद्वय केशव तिवारी र लक्ष्मीनारायण बस्नेतको बिशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको छ ।

 

स्रोत : हिमालीटाईम्स

  • ७ आश्विन २०७५, आईतवार १८:५८ प्रकाशित
  • Nabintech