२७ बैशाख २०८१, बिहीबार
मानव-वन्यजन्तु सहअस्तित्वकालागि ‘तारजाली’
  • काँचुली खबर

मध्यवर्ती क्षेत्रमा बढ्दै गएको मानव र वन्यजन्तु बिचको द्धन्द्ध व्यस्थापनकालागि तारजाली लगाईएको छ । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत च्यामादेखि गाभरको बनगाड खोलासम्मको मध्यवर्ती क्षेत्रमा मेस सहितको तारवार गरिएको हो ।
पहिलो चरण अन्तर्गत देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको क्षेत्रमध्ये ३५ सय मिटर क्षेत्रफलमा मेस सहितको तारबार गरिएको देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष कृष्ण चौधरीले जानकारी दिए ।

बाँके राष्ट्रिय निकुञ्जको १९ लाख, बैजनाथ गाँउपालिकाको १० लाख र ZSL को ५ लाख आर्थिक सहयोगमा पूर्वि च्यामादेखि गाभरको बनगाड खोलासम्म करिब ३ किलोमिटर क्षेत्रमा तारबार गरिएको देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका सचिव लोकेन्द्र बहादुर खत्रीले बताए ।

मानव र वन्यजन्तुबिचको सहअस्तित्व र सहसम्बन्ध स्थापित गराउनकालागि मेस सहितको तारबार उपयुक्त माध्यम भएको संरक्षणकर्मी तथा गाभर होमस्टेका संचालक कृष्ण चौधरीले बताए । चौधरीका अनुसार वर्षेनी जङ्गली जनावरहरुले मध्यवर्ति क्षेत्रमा आतङ्क मच्चाउँदै आएका थिए । स्थानियहरुले लगाउँदै आएका खाद्यबालीमा क्षती पुर्याउन थालेपछि मानव-बन्यजन्तु द्धन्द्ध बढ्दै गएको थियो । त्यसको ब्यवस्थापनकालागि विभिन्न निकायको ३३ लाख र स्थानियहरुको १२ लाख जनश्रमदानबाट तारजाली निर्माण गरिएको चौधरीले बताए ।
बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रबिन चौधरीले निकुञ्ज अन्तर्गत ५ वटा मध्यवर्ती क्षेत्रमा मेस सहितको तारजाली लगाउने तयारी भईरहेको बताए । बढि जोखिमयुक्त क्षेत्रलाई लक्षित गरि तारजाली लगाउने काम सुरु गरिएको चौधरीले बताए । यसप्रकारको तारजाली मानव-बन्यजन्तुबिचको द्धन्द्ध न्यूनिकरणकालागि प्रभावकारी माध्यम रेहको चौधरी बताउँछन ।

  • ६ आश्विन २०७५, शनिबार १३:४८ प्रकाशित
  • Nabintech