२४ बैशाख २०८१, सोमबार
बाँकेका दुई पत्रकारलाई ‘बिरमी-चन्द्र ग्रामिण पत्रकारीता पुरस्कार’ प्रदान गरिने
  • काँचुली खबर

अक्षय कोषकालागि रकम हस्तान्तरण गर्दै साँसद नमुना ।

 

ग्रामिण विकासको क्षेत्रमा कलम चलाएको भन्दै बाँकेका दुई जना पत्रकार सम्मानित हुने भएका छन । ५ नं. प्रदेशकी साँसद कृष्णा के.सी. नमुनाका स्वर्गिय माता–पिताको नाममा स्थापित ‘बिरमी-चन्द्र ग्रामिण पत्रकारीता पुरस्कार-२०७४’ वितरणको सम्पूर्ण तयारी पुरा भएको प्रेस सेन्टर नेपाल बाँके शाखाका अध्यक्ष डक्ट धितालले बताए ।
साँसद के.सी. र प्रेस सेन्टर बाँके शाखाको संयुक्त लगानीमा स्थापित अक्षयकोषबाट हरेक वर्ष २ जना पत्रकारलाई पुरस्कृत गर्ने कार्याक्रम अनुसार पहिलोपटक यहि असोज ७ गते (आईतबार) बाँकेका दुई पत्रकारलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको प्रेस सेन्टर बाँकेका सचिव संगिन शर्माले जानकारी दिए ।
कार्यक्रममा सहभागी हुन बाँके निर्वाचन क्षेत्र नं. २ का संघिय साँसद महेश्वर गहतराज ‘अथक’ बाँके आए शर्माले बताए । शर्माका अनुसार भोली आईतबार बिहान ८ बजे नेपालगन्जस्थित स्वस्तिक कटेजमा कार्यक्रम संचालन हुने भएको छ ।

  • ६ आश्विन २०७५, शनिबार १२:४९ प्रकाशित
  • Nabintech