५ जेष्ठ २०८१, शनिबार
बृहत सरसफाई कार्यक्रम सम्पन्न
  • काँचुली खबर

कोहलपुर नगरपालिका-३ मदनचोकमा शनिबार बृहत सरसफाई कार्यक्रम सम्पन्न भएके छ । ‘सबै जना सबै दल, सरसफाईमा लगाउ है बल’ भन्ने मुल नाराका ३ नं. वडा कार्यालयको आयोजनामा सरसफाई कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष माधव रिजालले जानकारी दिए ।
मदन भण्डारी फाउण्डेसनका केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि सुर्य ढकाल सरसफाई कार्यक्रमको उद्घाटन गर्दै सडकमा झाडु लगाएका थिए । कार्यक्रमको उद्घाटन गदै ढकालले ‘आफ्नो गाँउ आफै बनाउ’ भन्ने अभियानलाई निरन्तरता दिन सके हरेक गाँउ टोलले तिब्रतर बिकासको गती लिने बताए ।
मदनचोकदेखि सुरु भएको सरसफाई कार्याक्रम कोहलपुर, मैटहवा, बिकासनगर हुंदै पुन मदनचोकमा आएर कोण सभामा परिणत भएको थियो । कार्यक्रममा बिभिन्न क्लब, बिद्यालय, सहकारी, धार्मिक संस्था तथा स्थानियहरुको उत्साहजनक सहभागिता जनाएका थिए ।

कार्यक्रम पछिको कोण सभालाई सम्बोधन गर्दै समाजसेवी खिल प्रसाद भुसाल, बिरेन्द्र सुबेदी, शिक्षाप्रेमी होम प्रकाश सुबेदी, बिद्यार्थी नेता अब्दुल हुसेन खाँ लगाएतका बक्ताहरुले सरसफाइ जस्तो प्रत्यक्ष स्वास्थ्यसँग सरोकार राख्ने बिषयलाई आम जनसमुदायले गम्भिरतापुर्बक लिनुपर्नेमा जोड दिएका थिए ।

  • ६ आश्विन २०७५, शनिबार १२:१२ प्रकाशित
  • Nabintech