२९ बैशाख २०८१, शनिबार
पुस्तक संकलन अभियानमा पूर्णिमाको टिम
  • काँचुली खबर

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले पुस्तक संकलन अभियान संचालन गर्ने भएको छ । नगरभित्रका हरेक वडामा पुस्तकालय स्थापना गराउने अभियान अन्तर्गत प्रतिष्ठानको रचना बाचन विभागद्धारा रचन रचना तथा पुस्तक संकलन अभियान संचालनको तयारी गरिएको प्रतिष्ठानका सदस्य डा. देबेन्द्र आचार्यले जानकारी दिए ।
अभियान अन्तर्गत शुक्रबार कोहलपुर-१२ खडकवारस्थित नेपाल राष्ट्रिय मा.वि. बाट अभियान शुभारम्भ गरिने आचार्यले बताए ।
रचना वाचन कार्यक्रम पश्चात हालसम्म संकलीत पुस्तकहरु विद्यालयमै पुस्तकालय स्थापनाकालागि प्रदान गरिने छ ।
शुक्रबार आयोजना गरिने रचना बाचनको ११५ औं श्रृङ्खलामा सहभागी हुन आचार्यले सबैलाई आग्रह समेत गरेका छन ।

  • ४ आश्विन २०७५, बिहीबार २१:३६ प्रकाशित
  • Nabintech