३० बैशाख २०८१, आईतवार
वक्तृत्वकला प्रतियोगिता सम्पन्न, नमुना विद्या सदनकी छात्रा शितल के.सी. प्रथम
  • काँचुली खबर

संविधान दिवसको अवसरमा कोहलपुर नगरपालिका नगर शिक्षा समितिको आयोजनामा संविधान कार्यान्वयनमा युवाको भूमिका विषयक अन्तरमावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

नगरपालिकाको पूर्व घोषित कार्यक्रम अनुसार नगरभित्रका सम्पूर्ण विद्यालयहरुलाई समेट्ने गरी वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको नगर शिक्षा शाखाले जनाएको छ ।
नगरभित्रका २० विद्यालयले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगिताबाट नमुना विद्या सदनकी कोहलपुरकी छात्रा शितल के.सी. प्रथम, ज्ञानज्योती माविकी प्रतिक्षा वली द्धितिय र बालविद्या मन्दिरकी प्रतिक्षा रेग्मी तृतिय हुन सफल भएकी छन । त्यसैगरी सेन्चुरी एकेडेमी र तक्षशिला एकेडेमीका पुजा सिंह र कमला शाहीले सान्त्वना स्थानमा चित्त बुझाएका छन ।

प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले उत्कृष्ठ संविधानकालागि पटक-पटक नेपाली जनताले संघर्ष गरेको स्मरण गर्दै ब्यक्ति निहित कानुन भएको भन्दै २०४७ सालको संविधानले आलोचना खेप्नुपनरेको बताए । उनले जनयुद्ध र जनआन्दोलनको आँधि वेहरीले ल्याएको जनताको संविधान २०७२ लाई आम स्तरबाट कार्यान्वयनमा अहम भूमिका खेल्नुपर्नेमा जोड दिए ।

  • ४ आश्विन २०७५, बिहीबार १८:४६ प्रकाशित
  • Nabintech