२७ बैशाख २०८१, बिहीबार
मध्यवर्ती क्षेत्रकालागि १७ लाख ६८ हजार बजेट विनियोजन
  • काँचुली खबर

बाँके राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा मध्यवर्ती क्षेत्र व्यवस्थापनका लागि १७ लाख ६८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

विगतका वर्षहरुमा ८० देखि ९० लाखसम्म बजेट विनियोजन भएकोमा चालु आर्थिक बर्षका लागि साढे १७ लाख रकम विनियोजन गरेको हो । छुट्याईएको रकम मध्ये बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बाँके सहित, सल्यान र दाङ्ग जिल्लाका ९ वटा मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा बाडफाँड गरिने निकुञ्जले जनाएको छ ।

तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालले कालापत्थर सम्मेलन मार्फत बाघ संरक्षणका लागि बाँके निकुञ्ज घोषणा गरेका थिए । यो निकुञ्जमा तीन सय प्रजातिका चरा, २२ जाती सरिसृप, ७ उभयचर, ५५ जातीका माछा रहेको निकुञ्जले जनाएको छ ।

  • ४ आश्विन २०७५, बिहीबार ११:५३ प्रकाशित
  • Nabintech