२३ बैशाख २०८१, आईतवार
कञ्चनपुरमा एसपी सिंहको नेतृत्वमा खटियो महिला प्रहरी टोली
  • काँचुली खबर

प्रहरी प्रधान कार्यालयले कञ्चनपुर १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी उपरीक्षकको नेतृत्वमा महिला प्रहरीको टोली पनि खटाइएको छ । पीडित, स्थानीय महिलाअधिकारकर्मी तथा अन्यसँग समन्वय गरी अनुसन्धानलाई प्रभावकारी बनाउका लागि प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा टोली खटाएको हो ।

  • २ आश्विन २०७५, मंगलवार १२:०३ प्रकाशित
  • Nabintech