५ जेष्ठ २०८१, शनिबार
‘प्रस्तावित अटो भिलेज’ निर्माणस्थलको शिलान्यास !
  • काँचुली खबर

कोहलपुरमा निर्माण गर्ने भनिएको अटो भिलेजको सोमबार शिलान्यास गरिएको छ । विश्वकर्मा पुजाको दिन पारेर प्रस्तावित अटो भिलेज निर्माणस्थलको शिलान्यास गरिएको हो । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादु अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमका बिच अटो भिलेजको शिलान्यास गरिएको हो ।
कोहलपुर नगर विकास समितिले छुट्टाएको ५ बिगाह जमिनमा व्यवस्थित अटो भिलेज निर्माणकालागि आवश्यक प्रक्रिया सुरु गरिएको कोहलपुर अटो एशोसियशन बाँकेका अध्यक्ष रबि कर्माचार्यले जानकारी दिए ।
कर्माचार्यले हाल कोहलपुरस्थित चप्परगौंडीमा अब्यवस्थित रुपमा संचालन भईरहेका अटो ब्यवसायलाई ब्यवस्थित गर्दै संस्थागत गर्ने उद्धेश्यले अटो भिजेलको स्थापना गर्न लागिएको बताए ।


त्यस अवसरमा कोहलपुर अटो एशोशियशन बाँकेले विश्वकर्मा पुजा तथा प्रसाद ग्रहण कार्यक्रम समेत आयोजना गरेको थियो । उक्त कार्यक्रममा आप्mनो मन्तब्य राख्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले कोहलपुरकालागि अटो भिलेजको आवश्यकता अनिवार्य रहेको जिकिर गरेका थिए ।
उनले कुनै पनि क्षेत्रको पहिचानकालागि कुनै न कुनै क्षेत्रको विकास अपरिहार्य रहेको उल्लेख गर्दै कोहलपुरमा निर्माण गरिने अटो भिलेज समग्र राष्ट्रकैलागि उदाहरणीय हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा वागेश्वरी बहुमुखी क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र न्यौपाने, नेकपाका नेता शेतकान्त शर्मा, वागेश्वरी बस व्यवसायी प्रा.लि. का अध्यक्ष मनप्रसाद आचार्य, होटल ब्यवसायी संघ बाँकेका अध्यक्ष बलराम भट्टराई लगायत विभिन्न ब्यक्तिहरुको सहभागीता रहेको थियो ।

  • २ आश्विन २०७५, मंगलवार ०७:१७ प्रकाशित
  • Nabintech