५ जेष्ठ २०८१, शनिबार
आकार मेटल उद्योगको पत्रकारहरुसँग साक्षात्कार
  • काँचुली खबर

कोहलपुरमा सोमबार अकार मेटल उद्योगको मिडिया साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अथिति कोहलपुर नगरपालिकाका प्रमुख लुट वहादुर रावतले कोहलपुरका जनतालाई रोजगारी दिने उद्धेश्यले कोहलपुरमा अन्तराष्ट्रिय मान्यता प्राप्त झ्याल ढोकाका उद्योगले रोजगारी सृजना गर्दै समृद्ध कोहलपुरकालागि योगदान गर्ने बाटो तिर अकार मेटल उद्योग लागिपरेको दावी गरे ।
जनता कामको खोजिमा रहेको र जिविको पार्जनकालागि भौतारि रहेको अवस्थामा कोहलपुरमा स्थापित अकार मेटल उधोगले समग्र कोहलपुरको विकासमा योगदान दिने कार्यक्रमकि बिशेग अथिति कोहलपुर नगरपालिका उप–प्रमुख सन्जु चौधरीले दावी गरिन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै कोहलपुर उधोग वाणिज्य संघका अध्यक्ष चक्र प्रसाद अधिकारीले वन संरक्षण र ग्यारेन्टीका कोरियन प्रविधिका झ्याल ढोका निर्माणका उधोग भित्रनाले अब कोहलपुर नगरपालिका शिक्षाको मात्र होईन समृद्धिको पनि नमुना शहरको दिशामा अघि वढेको दावी गरे ।
२५ जिल्लाका ५५ शाखा मार्फत अन्तरराष्ट्रिय मान्यता प्राप्त झ्याल ढोका अधिकतम विक्री वितरण गर्न सफल कविर अल्टरनेटिभ एण्ड सप्लायर्सका संचालक विष्णु प्रसाद ढकाल नगद रु. १ लाखबाट सम्मानित भएका छन् । कार्यक्रममा राजनीतिक दलका नेता, उद्योगी व्यापारी र पत्रकारहरुको बाक्लो उपस्थिति थियो ।

  • २ आश्विन २०७५, मंगलवार ०७:१२ प्रकाशित
  • Nabintech