१६ बैशाख २०८१, आईतवार
ज्ञानोदय पुस्तकालयको १७ औं साधारणसभा सम्पन्न
  • काँचुली खबर

राजनितिक चक्रब्यूहमा फसेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको १७ औं साधारणसभा आईतबार कोहलपुरमा सम्पन्न भएको छ । अधिवेशनलाई लक्षित गरि १३५ जना अबैध सदस्यता थप गरिएको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय बाँकेमा मुद्धा परेपछि असार १९ गते सभा स्थगन भएको थियो ।
एउटा समुहले भने प्रक्रियागत भएको भन्दै यस अघि एकलौटी रुपमा साधारण सभा गरि नयाँ कार्यसमति चयन गरिसकेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको आधिकारीक पत्र प्राप्त गरेपछि आईतबार साधारण सभाको आयोजना गरिएको पुस्तकालयका सचिव विष्णु वेल्वासेले दाबी गरेका छन ।
सचिव लगायत बहुसंख्यक सदस्यलाई पत्राचार तथा सार्वजनिक सूचना जारी नगरी गरिएको साधारणसभा मान्य नहुने भन्दै आईतबार पुनः साधारणसभा गरिएको हो । यस अघि सम्पन्न भनिएको साधारणसभाको सूचना माग गर्दा सूचना दिन आलटाल गरेकै कारण गत शुक्रबार पत्रकार पुजन विश्वकर्मा पुस्तकालय अगाडी सडकमा धर्ना समेत बसेका थिए ।
कोहलपुर क्षेत्रको एक मात्र सामुदायिक पूस्तकालयमा यस क्षेत्रमा क्रियाशिल पत्रकार, साहित्यकार, प्राज्ञिक ब्यक्तित्व समेत सदस्य रहेको पुस्तकालय राजनैतिक सिकार हुँदै आएको जानकारहरु बताउँछन । साधारणसभामा विभिन्न दलका प्रतिनिधी समाजसेवी, आजिवन सदस्य, पत्रकार, साहित्यकार लगायत पुस्तकालय प्रति आस्थावान ब्यक्तिहरुको उपस्थितीमा बाँके क्षेत्र नं. २ ख प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले आईतबार साधारण सभाको उद्घाटन गरेकी छन ।
उद्घाट शत्रमा बोल्दै प्रमुख अतिथि नमुनाले अध्ययन र सूचनाको स्रोत प्राप्त गर्ने साझा थलोलाई राजनैतिक चक्रब्यूहमा पार्न नहुने बताईन । संस्थाहरु सहमती र सहकार्यमा जाँदा समाजलाई फाईदा पुग्ने बताउँदै प्रदेश सभा सदस्य नमुनाले साझा संस्थामा सरकार पक्ष र प्रतिपक्षको अभ्यास हुन खोज्नु दुखद भएको बताईन । आफु जिल्ला प्रशासन कार्यालयले यस अघिका सम्पूर्ण चुनावी कार्यक्रमहरु अबैधानिक भएको जानकारी दिएकाले उद्घाटन शत्रमा उपस्थित भएको र कसैले राजनैतिक द्दवेस दिए आफुलाई मान्य नहुने बताईन ।

उद्घाटन सत्रमा बोल्दै नेपाल मजदुर किसान पार्टीका नेता गोमा शाहीले पुस्तकालयलाई कुनै एक पार्टीको क्रिडास्थल आफुहरु स्विकार्य नुहुने बताउँदै संस्था बनाउँदा सर्वदलिय बनाउने तर संस्थागत गर्दा एकलौटी गर्ने प्रवृतिको चिरफार गर्न जरुरी रहेको बताईन । उनले कानुनी उपचार खोजेरै भएपनि अबैध रुपमा पेलेरै बनाईएको समिति खारेज गरिनुपर्ने बताए ।
पूर्णिमा साहित्यिक प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार महानन्द ढकालले पुस्तकालय बुझेको र लेख्नेहरुको थलो भएको उल्लेख गर्दै पूर्णिमाले चाहेमा पुस्तकालयलाई ५ हजार बढि पुस्तक संकलन गर्न सक्ने आफुहरुमा ल्याकत रहेको बताए । २ पटक एउटै पुस्तकालयको साधारणसभामा एकै प्रकृतिका आसनग्रहण र मन्तब्य दिदै गरेको प्रति ब्यङ्ग्य गर्दै अध्यक्ष ढकालले पुस्तकालय र शैक्षिक संस्थामा राजनिति चश्मा झिकेर मात्र आउन सम्बन्धित सबैलाई आग्रह गरे ।
राष्ट्रिय जानमोर्चाका भिम देवकोटा, पुस्तकालयका पूर्व उपाध्यक्ष भोलानाथ शर्मा, समाजसेवी प्रेम भुषाल, शैक्षिक अभियन्ताद्धय होमप्रकास सुवेदी र हरिभक्त अधिकारी लगायत वक्ताहरुको मन्तव्यसँगै सम्पन्न साधारण सभाले संस्थाको आर्थिक प्रतिवेदन बाहेकका अन्य प्रतिवेदनहरु सर्वसम्मतले पारित गर्दै नयाँ कार्यसमिति समेत चयन
गरेको छ ।
नव निर्वाचित कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा हरिभक्त अधिकारी, संगिन शर्मा, बलबहादुर खड्का, मायाँ गौतम र बिनोद पौडेल रहेका छन भने सदस्यहरुमा कृष्णा कुमारी चालिसे, टंक लामिछाने, सुरेन्द्र बहादुर थापा, डा. देबेन्द्र आचार्य, निर्मला सुनार, राजेन्द्र विष्ट, बद्रि ढकाल र दिपक राई रहेका छन । त्यसैगरी संस्थाको संरक्षकहरुमा होमप्रकाश सुवेदी, भिम प्रसाद देवकोटा, गौरिकान्त आचार्य, प्रेम भुषाल र सावित्रा पुन चयन भएका छन । साधारणसभाले पुजन विश्वकर्मा, नरेन्द्र पाण्डे, बलराम भट्टराई, विष्णु प्रसाद वेल्वासे, गोमा शाही, बालकुमारी आचार्य र रेणुका खड्का संस्थाको सल्लाहकारमा चयन गरेको छ ।

आईतबार सम्पन्न साधारण सभाले बिभिन्न उप-समितिहरु समेत गठन गरेको छ । संस्थामा ब्यापक आर्थिक अनियमितता देखिएको भन्दै त्यसको छानविनकालागि हेमविक्रम जि.सी. को संयोजकत्वमा निरक शाही, कबिन्द्र अधिकारी र अम्बिका धिताल सदस्य रहेको आर्थिक हिनामिना छानविन उपसमिति गठन गरिएको छ । त्यसैगरी तेजप्रसाद चापागाँईको संयोजकत्वमा पुस्तक संकलन उपसमिति समेत गठन गरिएको छ । जसको सदस्यहरुमा टेक बहादुर शाही, गिता सुनार, झग्गु थारु र तिलक कार्की चयन भएका छन ।
त्यसैगरी खिलप्रसाद भुषालको संयोजकत्वमा माया गौतम, शेषकान्त चापागँई, अन्जना धिताल, टोपराज जैशी, अन्जीर बहादुर शाही सदस्य रहने गरी स्रोत ब्यवस्थापन उपसमिति गठन गरिएको छ ।  साधारणसभाले अतिरिक्त क्रियाकलाप उपसमिति समेत गठन गरेको छ । जसको संयोजकमा शिव सुनार चयन भएका छन भने सदस्यहरुमा क्रमशः शालिकराम लम्साल, बिनिता खड्का, बलराम देवकोटा र कमला पाण्डेलाई चयन गरिएको छ ।
पुस्तकालयका महिला सदस्य कल्पना अधिकारीको अध्यक्षतामा सम्पन्न साधारण सभाले विवादित १३५ जना साधारण सदस्यहरुको सदस्यता खारेज गर्ने निर्णय गरेको संस्थाका सचिव विष्णु प्रसाद वेल्वासेले जानकारी दिए ।
नव निर्वाचित पदाधिकारीहरुलाई असोज २ गते सपथग्रहण तथा पदभार गराउने कार्यक्रम रहेको निर्वाचन मण्डलका संयोजक जगतजङ्ग बुढाथोकीले जानकारी दिए ।

  • ३१ भाद्र २०७५, आईतवार १६:५२ प्रकाशित
  • Nabintech