६ जेष्ठ २०८१, आईतवार
विश्व सरसफाई दिवसको अवसर पारेर बाँकेको खजुरामा वृहत सरसफाई
  • काँचुली खबर

विश्व सरसफाई दिवस २०७५ को अवसर पारेर बाँकेको खजुरामा वृहत सरसफाई गरिएको छ । खजुरा गाउँपालिका गाउँ कार्यापालिकाको कार्यालयको आयोजनामा भएको वृहत सरसफाई कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वागेश्वरी उपशाखा, आधुनिक युवा संजाल खजुरा, दंगा नियन्त्रण गण, इलाका प्रहरी कार्यालय धनौली, शिक्षक, राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारणहरुको सहभागितामा सरसफाई गरिएको हो ।

इलाका प्रहरी कार्यालय, धनौली अगाडिबाट शुरु भएको सरसफाई कार्यक्रम खजुरा एक नम्बर आएर समापन गरिएको थियो । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, उपप्रमुख एकमाया विक, वडा नं. १ देखि ८ सम्मका वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, विभिन्न विद्यालयका शिक्षक, दंगा नियन्त्रण गण, खजुराका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीलगायतले सक्रियता पूर्वक सरसफाई गर्दै आफ्नो ठाउँको सरसफाई आफै गरेर स्वच्छ, सफा र सुन्दर ठाउँको परिकल्पना गर्ने सन्देश दिएका थिए ।

सडक तथा सडक छेउमा जथाभावी फ्याकिएका फोहोरजन्य बस्तुको संकलन गरेर पेडारी खोला नजिक ठूलो खाडल खनेर माटोले पुरिएको थियो । सो अवसरमा समापन कार्यक्रमलाई सम्बोधन गर्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले आफ्नो घर अगाडिको फोहोर आफैले सफा गरेर व्यवस्थापन गर्न अपील गरे उनले निकट भविष्यमै फोहोर व्यवस्थापनका लागि वृहत योजनासहित फोहोर व्यवस्थापन गर्ने ठाउँको व्यवस्थापन गरिने बताए ।

  • ३० भाद्र २०७५, शनिबार १६:२७ प्रकाशित
  • Nabintech