५ जेष्ठ २०८१, शनिबार
नेकपाका नेता बामदेब बाँकेबाट चुनाब लड्ने तयारीमा
  • काँचुली खबर

काठमाडौं-  डोल्पाबाट चुनाव लड्ने वातावरण नभएपछि नेकपाका नेता वामदेव गौतमले बाँकेबाट चुनाव लड्ने तयारी गरेका छन् । बाँकेको क्षेत्र नम्बर ३ बाट चुनाव लड्न उनले गृहकार्य थालेका छन् ।
बाँके क्षेत्र नम्बर ३ मा तत्कालिन एमालेबाट नन्दलाल रोकाय विजयी भएका थिए । उनलाई राजिनामा दिन लगाई उपनिर्वाचनमार्फत गौतम त्यहाँबाट चुनाव लडेर सांसद बन्न लागेको नेकपा उच्च स्रोतले  जानकारी दिएको छ ।

तर, सांसद रोकायले राजिनामा दिन नमानेको स्रोत बताउँछ । रोकाय ३१ हजार ५ सय ९३ मत ल्याई विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी बादशाह कुर्मीले २६ हजार ६ स १७ मत ल्याएका थिए । पर्यटनमन्त्री रहेका सांसद धनबहादृुर बुढालाई राजिनामा दिन लगाएर डोल्पामा चुनाव उठ्ने वामदेवको योजना थियो । बुढा राजिनामा दिन तयार भए तर जनताले राजिनामा दिए वामदेवलाई भोट नदिने बताएपछि वामदेव पछि हटेका हुन् ।
त्यसपछि उनी बाँके–३ बाट चुनाव लड्न लागेका हुन् । तर, हल्ला सुरु भएपछि बाँकेमा पनि असन्तुष्टि सुरु भइसकेको छ । गत वर्षको प्रतिनिधिसभाको निर्वाचनमा उनी बर्दियाबाट चुनाव हारेका थिए । अन्र्तघातका कारण हारेको बताईपनि छानबिनको क्रममा आफ्नै कारण हारेको प्रतिवेदन बनेको थियो ।

  • ३० भाद्र २०७५, शनिबार १६:२० प्रकाशित
  • Nabintech