५ जेष्ठ २०८१, शनिबार
बाँकेको बिकट मानिने कुसुम क्षेत्रमा दशै भित्रै बत्ति बल्ने
  • काँचुली खबर

बाँके हेर्दा जति सुगम र सम्पन्न जिल्लाको रुपमा चिनीएको छ त्यतिनै दुर्गम र बिकट पनि छ । बाँकेमा अहिलेसम्म केहि भागमा बिधुत र सडक सञ्जालहरु पुग्न सकेको छैन । बिधुतबाट बञ्चित रहेको गाँउपालिकामा राप्ति सोनारी पनि एक हो । राप्तिसोनारी वडा नं. १ कुसुममा अहिलेसम्म बिधुतको पहुच पुग्न भने सकेको छैन । सामुदायिक बिधुत बितरणका लागि बि.स २०६३ बाट पहल भएको कुसुममा अहिले बिधुत बाल्न पाउने होकी भनेर केही आसा पलाएको देखिन्छ । बि.स २०७०÷७÷२५ मा नेपाल बिधुत प्राधिकरण र सामुदायिक बिधुत बितरक केन्द्र बिच सम्झौता भई बि.स २०७१ साल असार २ मा काम सुरु भई बि.स २०७२ असार २ मा सम्पन्न हुनु पर्ने मा ठेकेदार को लापरबाहीका कारण झण्डै ४ बर्ष ढिला भएको योजना बिधुत प्राधिकरण र स्थानियहरुको सहयोगमा यहि दशैसम्म सबैको घरमा बिधुत पु¥याउने योजनाका साथ सबै सरोकारवाला निकायहरु लागिरहेका छन । क्षेत्रिय बिधुत प्राधिकरण नेपालगन्ज, कोहलपुर बिधुत बितरक केन्द्र र कुसुम ग्रामिण सहकारी संस्थाको अगुवाई र स्थानियहरुको सहयोगमा २०७५ को दशै सम्म अत्तरीया ग्रिड शाखा अन्र्तगत कु्सुम सब स्टेसनबाट १३२÷११ के.भीएको लाईनबाट २ वटा फिडर निकाली १०० के.भिए(थ्रि फेज) १३ वटा ट्रान्सफर्ममा बिधुत पु¥याउने लक्ष्य भएता पनि शुरुमा ९ वटा ट्रान्सफर्म राखि बिधुत पु¥याउने लक्ष्य लिएको क्षेत्रिय बिधुत प्राधिकरणका प्रमुख मनोज कुमार सिंहले जानकारी दिनु भयो । यस परियोजनामा स्थानियहरुको १० प्रतिशत लगानी रहेको छ भने नेपाल बिधुत प्राधिकरण को ९० प्रतिशत लगानी मा ग्रामिण बिधुत बितरण केन्द्र संचालनमा आएको हो । यस योजनाको बजेट ६ करोड३० लाख ४७ हजार २ सय ८२ रहेको छ । 
शुक्रबार बिभिन्न सरोकारवाला निकायहरुले अनुगमन गरि कुसुम र आसपासका गाँउहरुमा पहिलो चरणमा बिधुत पहुच पु¥याउने र त्यस पश्चात राप्ति पारीका गाँउहरुमा पनि काम सम्पन्न भए पश्चात बिधुतको पहुच पु¥याउने लक्ष्य रहेको प्रदेश सांसद कृष्णा के.सी (नमुना) ले बतााउनु भयो । कोहलपुर बिरण केन्ल्रका प्रमुख जगन्नाथ लामिछानेले हाललाई ९ वटा ट्रान्समिटरबाट कुसुम र आसपासका १ हजार घरधुरीले बिधुतको उपभोग गर्न पाउने बताए । कुसुममा २८२५ घरधुरी रहेका छन । अनुगमनका क्रममा कुसुम वडा नं. १ मा जनप्रतिनिधी र स्थानियहरु संग अन्र्तक्रिया कार्यक्रम पनि गरिएको थियो ।

अन्र्तक्रिया कार्यक्रममा स्थानियले बिधुतको सपना देख्न लागेको १० बर्ष हुदा पनि आफुहरु बिधुतको सेवाबाट अझै टाढा रहेको बताएका थिए । जसलाई सम्बोधन गर्न क्षेत्रिय बिधुत प्राधिकरणका प्रमुखसंग माग समेत गरेका थिए । स्थानियहरुको प्रश्नहरुलाई सम्बोधन गर्दै दशैसम्म स्थानियहरुको घर–घरमा बिधुत पु¥याएर छाड्ने प्रतिबद्धता समेत गर्नु भएको थियो । उहाँले कुसुमका जनताले धेरै धैर्य गरिसके अब निर्माण कम्पनीले काम ढिला गरेकै हो, निर्माण कम्पनीको कामलाई तिब्र रुपमा काम गर्न निर्देशन पनि गरेको र निर्माण संगै बिधुत लाईन पनि जनताहरुको घरमा पु¥याउन आफु स्थानिय र केन्द्रिय स्तरबाट जुनसुकै सहयोग गर्न पनि तयार रहेको बताउनु भएको थियो । 
यस्तै कार्यक्रममा बोल्दै प्रदेश नं. ५ की सांसद कृष्णा के.सी(नमुना) ले आफु कुसुम क्षेत्रमा बिधुतको पहुच पु¥याउनकालागी पहिलादेखिनै लागेको बताउनु भएको थियो । यस्तै उहाँले स्थानिय र सम्बन्धीत निकायको इच्छा शक्ति भएको खण्डमा काम गर्न कुनै पनि कठिनाई नहुने समेत जिकीर गर्नुुभयो । यस्तै उहाँले क्षेत्रिय बिधुत प्राधिकरणका प्रमुख मनोज कुमार सिंहको जुन पहल कदमी चाल्नु भएको छ त्यो एकदमै सराहनीय भएको बताउनु भयो ।  

  • ३० भाद्र २०७५, शनिबार १०:०८ प्रकाशित
  • Nabintech