२६ बैशाख २०८१, बुधबार
बढैयाताल गाउँपालिकामा पिपिआर रोगको संक्रमण
  • काँचुली खबर

बर्दियाको बढैयाताल गाउँपालिकामा रहेको एक व्यवसायिक बाख्रा फार्ममा पिपिआर रोगको सङ्क्रमण फैलिएको छ । रोगको सङ्क्रमणका कारण गाउँपालिका(८ मा रहेको सन्तोष पौडेलले सन्चालन गरिरहेको लालीगुँरास कृषि तथा पशु पंक्षि फार्ममा पालन गरीएको ४८ वटामध्ये ११ बढि खसी-बाख्रा मरीसकेका छन ।
विगत ९/१० दिन अघि सामान्य लक्षण देखिएको भएपनि विस्तारै सङ्क्रमण बढ्दा फार्ममा रहेका सबै बाख्राहरुमा रोग फैलिएको फार्ममा सन्चालक पौडेलले जानकारी दिए । रोगका कारण लाखौको नोक्सानि भैसकेको सन्चालक पौडेलले जनाए ।
बाख्रामा ज्वरो आउने, मुखमा घाउ, नाकबाट सिगान आउने, झुम्म बनाउने, पखला लाग्ने समस्या देखिएको किसान पौडेलले बताए । रोगको बारेमा गाउँपालिका लगायत सम्बन्धीत क्षेत्रमा समेत जानकारी गराउदा पनि हालसम्म नियन्त्रण हुन नसकेको पौडेलले बताए । क्षेत्रिय कृषि अनुसन्धान केन्द्र खजुराका डा. दिनेश यादवले लक्षण हेर्दा अधिकाशं बाख्रामा पिपिआर सङक्रमण फैलिसकेकाले बचाउन कठिन हुने बताऐ । डा. यादवले बाख्राको खोरलाई निर्मलिकरण गरी पिपिआरको खोप लगाउन सुझाव दिए ।
बर्दिया, बाँकेमा पिपिआरको खोप हाल नभएकाले सुर्खेतमा रहेको ल्यावबाट झिकाउन लागिएको उनले बताए ।

बढैयाताल गाउपालीकाका पशुसेवा शाखाका प्रमुख असोक कुमार उपाध्यायले सङक्रमीत बाख्राको नमुना परिक्षणको लागी ल्यावमा पठाउन लागीएको बताए । बर्दियाको बढैयातालमा मात्र नभएर धधवार नगरपालिका क्षेत्रमा पनि पिपिआर रोगको लक्षण देखा परेको किसानहरुले जानकारी दिएका छन । समयमै संक्रमित क्षेत्रमा रोकथामका उपाय नअपनाए ठुलो क्षति किसानले बेहोर्न पर्ने देखिएको कृषि अनुसन्धान केन्द्रका डा. यादवले जनाए । संक्रमण भइसकेपछि बचाउन नसकिने र भाईरलजस्तै फैलने हुँदा पिपिआरलाई बाख्राहरुमा लाग्ने सबैभन्दा खतरनाक रोग मानिन्छ । एक्कासि पिपिआर देखिएपछि बर्दियाका बाख्रापालक किसानहरुमा सन्त्रास फैलिएको छ ।

  • २९ भाद्र २०७५, शुक्रबार १९:४३ प्रकाशित
  • Nabintech