५ जेष्ठ २०८१, शनिबार
निर्मला पन्तको न्यायकालागि नेपालगन्जमा प्रदर्शन गरिने
  • काँचुली खबर

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पश्चात निर्मम हत्या गरिएको उेढ महिना व्यतित भईसक्दा समेत अपराधीलाई कानुनको दायरामा ल्याउन नसकिएको र यस अवधिमा देशैभर घटेका यौन हिँसाका घटनाहरु बिरुद्ध नेपालगञ्जमा प्रदर्शन गरिने भएको छ ।

शुक्रबार नेपालगञ्जमा बसेको नागरिक समाजका प्रतिनिधिहरुको भेलाले भाद्र ३० गते शनिवार प्रदर्शन गर्ने निर्णय गरेको हो । बाँके स्थित बिभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तिहरुको उपस्थितीमा सम्पन्न भेलाले शनिबार साढे ४ बजे स्थानीय बिपी चौकमा निर्मलाहरुको निम्ति न्यायका लागि प्रदर्शन गर्ने निर्णय गरिएको छ । प्रदर्शनमा प्लेकार्ड सहित आँखामा पट्टि बाँधि बिरोध प्रदर्शन गरिने छ ।

बैठक पश्चात सामुहिक बिज्ञप्ती जारी गर्दै बाँके स्थित नागरिक समाजका प्रतिनिधिहरुले निर्मला पन्त लगाएतका यौन हिंसामा परेका घटनाहरुमा यथासिघ्र दोषी पत्ता लगाई हदैसम्मको सजाय दिलाउन, पीडितलाई न्यायको अनुभूति दिलाउन र प्रत्येक महिलाको सुरक्षाको उचित प्रबन्ध गर्न गराउन नेपाल सरकार लगायत सम्बन्धित निकाय र अधिकारीको ध्यानाकर्षण गराएका छन् ।

बिज्ञप्ती मार्फत अगुवाहरुले यौन हिंसामा परेका महिला र पीडित परिवारलाई न्याय नदिलाए सम्म र बास्तविक पीडकलाई कानुनको दायरामा नल्याए सम्म सशक्त रुपमा अगाडी बढ्न उद्घोष गरेका छन् । बिज्ञप्तीको अन्तमा शनिवार आयोजना गरिने कार्यक्रममा सहभागिहुन सबैलाई अपिल गरिएको छ ।

बिज्ञप्ती जारी गर्नेहरुमा नेपालगञ्ज उद्योग बाणिज्य सँघका अध्यक्ष नन्दलाल बैश्य, गैसस महासँघ बाँकेका सचिव नमस्कार शाह, बासका अध्यक्ष मन भण्डारी, बाल अधिकारकर्मी साहिल अन्सारी, एसओएसका लक्ष्मण कार्की, नेपालगञ्ज शाईकिलिङ्ग क्लबका गगन थापा, ईन्सेकका बिनोद पाण्डे, महिला जागृति शेलकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, फातिमा फाउण्डेसनकी शबनम प्रबिन, सामाजिक सद्भाव महिला समितिकी सचिव ऋचा लुईंटेल, बाँके युनेस्को क्लबका आशिष बर्मा, सिविन नेपालका सिद्धराज पनेरु, उच्च अदालत बारका राकेश कुमार सोनी, अधिवक्ता लोक बहादुर शाह लगाएत रहेका छन् ।

  • २९ भाद्र २०७५, शुक्रबार १९:३७ प्रकाशित
  • Nabintech