२४ बैशाख २०८१, सोमबार
सूचना नपाएको भन्दै पत्रकार विश्वकर्मा अनशन बसे
  • काँचुली खबर

सूचनाको हकबाट बिमुख बनाउन खोजिएको भन्दै सूचना अधिकार समुह (RTI) कोहलपुरका सल्लाहकार पुजन विश्वकर्मा अनशनमा बसेका छन । कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालयले सूचना माग गरेको एक महिनासम्म पनि सूचना उपलब्ध नगराएपछि आफु बाध्य भएर धर्ना (अनसरन) बस्नु परेको विश्वकर्माले जानकारी दिएका छन । शुक्रबार बिहान १२ बजेबाट पुस्तकालय परिसरमा अनिश्चितकालिन अनशन बसेको विश्वकर्माले जानकारी दिए ।
ज्ञानोदय सामुदायिक पुस्तकालयका आजिवन सदस्य समेत रहेका विश्वकर्मा कोहलपुरबाट प्रकाशित हुने युगयान दैनिकका प्रकाशक हुन । आफुले समाचार सम्प्रेषणकालागि आवश्यक सूचना माग गर्दा समेत पुस्तकालय प्रशासनले आलटाल गर्दै आएकाले बाध्य भएर अनशनमा बस्नु परेको विश्वकर्माले बताए ।
हालै १७ औं साधारणसभा सम्पन्न गरेको पुस्तकालयले अधिकाशं सदस्यहरुके उपस्थिती बिनै एकपक्षिय ढंगले नयाँ कार्यसमिति चयन गरेको आरोप लाग्दै आएको छ । विवादकै बिच साधारणसभा तथा निर्वाचन प्रक्रिया टुङ्ग्याएको पुस्तकालयले जिल्ला प्रशासन कार्यालयको पत्रलाई समेत वेवास्ता गरेको पाईएको छ । ‘हामीहरुले सूचना नपाएपछि जिल्ला प्रशासन कार्यालय बाँकेमा जानकारी गरायौं’ विश्वकर्माले भने, ‘जिल्ला प्रशासन कार्यालयले तत्काल सूचना उपलब्ध गराउन चिठि पठाएपनि पुस्तकालयले हालसम्म सूचना उपलब्ध गराउन मानिरहेको छैन ।’
राज्यले सूचनाको हक लागु गरेपनि संचारकर्मीहरु नै सूचनाको हकबाट बन्चित हुनु परेको भन्दै विश्वर्माले दुःख ब्यक्त गरे । उनले सूचना अधिकार समुह (RTI) कोहलपुरका अध्यक्ष जयसिंह के.सी. लाई अनशन थालिएको जानकारी गराएपनि हालसम्म कुनै सुनुवाई नभएको बताए ।

  • २९ भाद्र २०७५, शुक्रबार १३:५४ प्रकाशित
  • Nabintech