५ जेष्ठ २०८१, शनिबार
अबैध सुर्तीजन्य पदार्थ सहित त्रिपाठी पक्राउ
  • काँचुली खबर

५ नम्बर प्रदेश प्रहरी ब्युरो नेपालगन्जले बिहिबार बेलुका ठुलो परिमाणमा अबैध सुर्तीजन्य पदार्थ बरामद गरेको छ ।
भे २ प ३९६२ नम्बरको मोटरसाइकलमा भारतको रुपैडिहाबाट नेपालगन्जतर्फ अबैध रुपमा सुर्ती जन्य सामान ल्याउदै गर्दा डुडुवा-६ बनकट्टीका राहुल त्रिपाठीलाई नेपालगन्जको गणेशमान चोकबाट पक्राउ गरिएको हो ।
नेपालमा ल्याउन निषेधित गरिएको खुल्ला सुर्ती २५८ पोका, रजनिगन्धा १६० पिस सानो, २७ पीस ठूलो, दिलबहार ६ पिस, आनन्द मुन्कर १२ पोका, सुपर पावर २६ पोकाका अलावा बिस्कुट, पानमा हाल्ने मह लगाएतका सामान सहित त्रिपाठीलाई नियनत्रणमा लिईएको ५ नम्बर प्रदेश प्रहरी ब्युरो नेपालगन्जले जानकारी दिएको छ ।
पक्राउ परेका त्रिपाठीलाई आबश्यक कारबाहीकालागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ ।

  • २८ भाद्र २०७५, बिहीबार २०:०६ प्रकाशित
  • Nabintech